आइतवार, श्रावण १० गते २०८३

Sunday, Jul 26 2026 आइतवार, श्रावण १० गते २०८३

ठेकेदार र सडक डिभिजनको लापरबाहीले किन्ताङफेदीको झोलुङ्गे पुल अलपत्र

ठेकेदार र सडक डिभिजनको लापरबाहीले किन्ताङफेदीको झोलुङ्गे पुल अलपत्र

नागरिक पाटी

१७, मंसिर २०८१
  • 2.0K
    SHARES
  • ठेकेदार र सडक डिभिजनको लापरबाहीले किन्ताङफेदीको झोलुङ्गे पुल अलपत्र

    धादिङ । धादिङको नेत्रावती डबजोङ–१ साप्टारी र गंगाजमुना–४ साल्दुङ जोड्ने आँखुखोलाको झोलुङ्गे पुल निर्माण कार्य अलपत्रमा परेको छ ।पुल निर्माणको ठेक्का पाएको रुजन के निर्माण सेवा प्रा.लि. र भौतिक पूर्वाधार निर्देशनालय, पुर्वाधार विकास कार्यालय धादिङको लापरबाहीका कारण निर्माण कार्य अलपत्रमा परेको हो ।

    images

    दुर्गम क्षेत्रका दुई वटा गाउँपालिका जोड्ने पुलको काम चार वर्ष अघि नै सकिसक्नुपर्ने भएपनि ठेकेदार कम्पनी र पुर्वाधार विकास कार्यालयको लापरबाहीका कारण स्थानीयले सास्ती त भोग्नु परेको छ नै पुल निर्माणमा काम गर्ने मजदुरले समेत ज्याला पाएका छैनन् ।

    ठेकेदार कम्पनी रुजन के निर्माण सेवा कम्पनीले पुलको सम्पूर्ण सिभिल निर्माण अर्थात पुलको दायाँबायाँको जीप निर्माणको लागिस्थानीय आइतराम गुरुङलाई जिम्मा लगाएको थियो । दुई महिनामा सक्नेगरी कामको जिम्मेवारी लिएका गुरुङले तोकिएकै समयमा काम पनि पुरा गरे । तर,काम गरेवापत पाउनुपर्ने रकम नपाउँदा मजदुरलाई ज्याला दिन नपाएको गुरुङले बताए ।

    ‘ठेकेदार कम्पनीले छिट्टै काम सकिन्छ, पैसा पनि छिट्टै आउँछ भनेर काम लगायो, अहिले हामीले काम गरेको पनि एक वर्ष भयो । तर, पैसा दिएको छैन’, पेटी ठेकेदारको रुपमा पुलको जीप निर्माणको काम गरेका गुरुङ भन्छन–‘ठेकेदारले पैसा नदिएपछि काम गरेर बिहान बेलुका छाक टार्ने मजदुरलाई समेत पैसा दिन सकिएको छैन ।’

    ठेक्काको नियम अनुसार समयमै काम नसके ठेकेदार कम्पनीलाई कि म्याद थप गरेर कामलाई निरन्तरता दिनुपर्छ, कि त्यो कम्पनीलाई कारबाही गरेर अर्कै कम्पनीलाई कामको जिम्मा दिनुपर्छ । तर, पुलको ठेक्का लगाएको पुर्वाधार विकास कार्यालय धादिङले कामको मुल्यांकन गरेर न ठेकेदार कम्पनीलाई रकम निकासा गराउन सकेको छ न त कारबाही गरेर अर्काे ठेक्का लगाउन सकेको छ ।

    ठेकेदार कम्पनी र सम्बन्धित कार्यालयका कर्मचारीहरुबीच कमिशनको खेल नमिल्दा काम रोकिएको स्थानीयहरुले आरोप लगाएका छन् ।

     

    images
    images
    images
    प्रकाशित मिति :मंसिर १७, २०८१ सोमवार - ०६:०५:४८ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology