निर्वाचन आयोगले उपनिर्वाचन भएका ४१ स्थानको परिणाम सार्वजनिक गरेको छ । यस परिणामअनुसार कांग्रेस कीर्तिपुर नगरपालिकासँगै १६ वडा जितेर पहिलो स्थानमा छ । माओवादी केन्द्र एक गाउँपालिका अध्यक्ष, दुई गाउँपालिका उपाध्यक्ष र एक नगरपालिका उपाध्यक्षसहित सात वडाध्यक्ष जितेर दोस्रो स्थानमा छ।
सत्ताको नेतृत्वकर्ता नेकपा एमाले भने एक गाउँपालिका अध्यक्ष, दुई गाउँपालिका उपाध्यक्ष र पाँच वडाध्यक्षमा विजयी हुँदै तेस्रो स्थानमा छ । जनता समाजवादी पार्टी नेपालले मधेस प्रदेशका दुई ठाउँका वडाध्यक्ष जितेको छ । राष्ट्रिय स्वतन्त्र पार्टी, एकीकृत समाजवादी, नेपाल मजदुर किसान पार्टी, स्वतन्त्रले एक–एक स्थानमा जित निकालेका छन् ।