आइतवार, श्रावण १० गते २०८३

Sunday, Jul 26 2026 आइतवार, श्रावण १० गते २०८३

धुनिवेशीमा तीन जना महिला स्वास्थ्य स्वंयसेविका सम्मानित

धुनिवेशीमा तीन जना महिला स्वास्थ्य स्वंयसेविका सम्मानित

नागरिक पाटी

२०, मंसिर २०८१
  • 3.7K
    SHARES
  • धुनिवेशीमा तीन जना  महिला स्वास्थ्य स्वंयसेविका सम्मानित

    धादिङको धुनिवेशीमा महिला स्वास्थ्य स्वंयसेविका सम्मानित भएका छन् । २१ औँ महिला सामुदायिक स्वास्थ्य स्वंयसेविका दिवसको अवसरमा नगरपालिकाको विभिन्न वडाका ३ जना सामुदायिक महिला स्वास्थ्य स्वंयसेविका नगद र सम्मानपत्र सहित सम्मानित हुनुभएको हो ।

    images

    सम्मानित हुनेहरुमा वडा नम्बर १ का विद्या राना, वडा नम्बर ३ का बसुन्धरा शाह र वडा नम्बर ७ का कविता लामा रहनुभएको छ । समुदायमा आफुले गर्न पर्ने स्वास्थ्य सम्बन्धी विविध क्रियाकलापमा सक्रियतापुर्वक सहभागी भई उत्कृष्ट काम गरेवापत जनही नगद ५००० रुपैँया, प्रमाणपत्र र दोसल्ला सहित सम्मान गरिएको स्वास्थ्य शाखा प्रमुख धुव्रकुमार अधिकारीले बताउनुभयो ।

    यसैगरी कार्यक्रममा सहभागी सबै महिला स्वास्थ्य स्वँयसेविकाहरुलाई जनस्वास्थ्य कार्यालय धादिङबाट प्रशँसा पत्र प्रदान गरिएको छ । महिला स्वास्थ्य स्वंयसेविका गोमा भट्टराईको अध्यक्षतामा भएको कार्यक्रममा नगर उपप्रमुख सुरज उप्रेतीको प्रमुख आतित्थ्यता रहेको थियो । यस्तै कार्यक्रममा प्रमुख प्रशासकिय अधिकृत निरज पौडेल, वडा अध्यक्षहरु रमेश आचार्य र माधव सिलवाल, जनस्वास्थ्य कार्यालयका पब्लिक हेल्थ नर्सिङ निरिक्षक देविकला रेग्मी लगायतको विशेष आतित्थ्यता रहेको थियो ।

    images
    images
    images
    प्रकाशित मिति :मंसिर २०, २०८१ बिहिवार - १५:४२:४२ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology