संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेर्रेसले सिरियामा भएका सबै नागरिकलाई तत्काल मानवीय पहुँच पुर्याउन आग्रह गरेका छन् । साथै रक्तपात अन्त्य गरी राजनीतिक प्रक्रियामा फर्किन आह्वान गरेका हुन् ।
आफूले हालै टर्कीका राष्ट्रपति एर्दोगानसँग छलफल गरेको र सबै नागरिकलाई मानवीय पहुँचको लागि जोड दिएको उनले बताए ।