आइतवार, श्रावण १० गते २०८३

Sunday, Jul 26 2026 आइतवार, श्रावण १० गते २०८३

मोटरसाइकल दुर्घटना हुँदा २ जनाको मृत्यु

मोटरसाइकल दुर्घटना हुँदा २ जनाको मृत्यु

नागरिक पाटी

१, पौष २०८१
  • 1.8K
    SHARES
  • मोटरसाइकल दुर्घटना हुँदा २ जनाको मृत्यु

    झापाको दमक नगरपालिका वडा नं.१० सेतुमारी चोक नजिक मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ ।

    images

    सेतुमारी चोकबाट बालुबथानतर्फ जाँदै गरेको प्रदेश नं. १–०१–०१५ प १७९३ नम्बरको मोटरसाइकल आइतबार राति अनियन्त्रित भई दुर्घटना हुँदा मोटरसाइकलमा सवार तीन जनामध्ये दुई जनाको मृत्यु भएको हो ।

    मृत्यु हुनेमा झापाको गौरादह नगरपालिका वडा नं.५ बस्ने ३२ वर्षीया जमुना धिमाल र सोही स्थान बस्ने २५ वर्षीया मनचरी राई भनिने ओम कुमारी राई छन् । उनीहरुको उपचारको क्रममा दमक अस्पतालमा राति नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी नायब उपरीक्षक कृष्णकुमार चन्दले जानकारी दिए ।

    दुर्घटनामा मोटरसाइकल चालक मोरङको रतुवामाई नगरपालिका वडा नं.८ बस्ने २७ वर्षीय विराज थापा घाइते भएका छन् । उनको उपचार बी एण्ड सी अस्पताल विर्तामोडमा भइरहेको छ ।

    images
    images
    images
    प्रकाशित मिति :पौष १, २०८१ सोमवार - ०९:२२:२४ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology