साना किसान कृषि सहकारी संस्था लि.छत्रेदेउरालीको २८औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । धुनिवेशी वडा नम्बर २ को महेशफाँटमा रहेको साना किसान कृषि सहकारी संस्थाले शनिबार बार्षिक साधारण सभा मनाएको हो । सहकारीले बार्षिक साधारण सभा मार्फत बार्षिक प्रतिवेदन संस्थाका अध्यक्ष रञ्जना पाठकले प्रस्तुत गर्नु भएको थियो ।
वि.स २०५० सालमा स्थापना भएको सहकारीको शेयर पुँजी ३ करोड ८ लाख १० हजार ९० रुपैँया रहेको छ । लगानीमा रहेको रकम १५ करोड ११ लाख ४२ हजार ५ सय १५ रुपैयाँ, कुल निक्षेप १६ करोड ४२ लाख ३० हजार ९८ रुपैयाँ,कुल आम्दानी ४ करोड ४१ लाख ८५ हजार ६४१ रुपैयाँ, कुल खर्च ३ करोड ४० लाख ७४ हजार १४२ रुपैयाँ, ल.र.र ऋण लगानी २४ करोड ५० लाख ७८ हजार ४९० रुपैया, सय, खुद नाफा ८५ लाख ८० हजार १६६ रुपैयाँ रहेको सहकारीको कुल पुँजी दायित्व जम्मा ३० करोड ५० लाख २० हजार ५ सय ५४ रुपैंया रहेको सहकारीका प्रबन्धक राजु लामा तामाङले जानकारी दिनु भयो ।

संस्थामा अहिले ३०१ वटा समुह तथा १६६६ जना शेयर सदस्य रहेका छन्। कार्यक्रमका वीचमा सहकारीले आफ्ना उत्कृष्ट शेयर सदस्यहरुलाई विभिन्न विधामा सम्मान समेत गरेको सहकारीका अध्यक्ष पाठकले बताउनु भयो ।
नेपाल कृषी सहकारी केन्द्रिय सँघका अध्यक्ष खेम बहादुर पाठकको प्रमुख आतित्थ्यता रहेको कार्यक्रममा नगरपालिकाको मेयर बालकृष्ण आचार्यको विशेष आतित्थ्यता रहेको थियो । यसैगरी विभिन्न सहकारी सँस्थाका अध्यक्ष तथा प्रतिनिधी लगायतको आतित्थ्यता रहेको थियो ।