धादिङ । धादिङको गल्छी गाउँपालिका वडा नम्बर ६ मा रहेको बैरेनी साना किसान कृषि सहकारी संस्थाको २८ औँ स्थापना दिवस तथा बिउपुँजी वितरण कार्यक्रम सम्पन्न भएको छ ।
सहकारीले मंगलबार एक कार्यक्रमको आयोजना गरि आफ्नो २८ औँ स्थापना दिवस मनाएको हो। स्थापना दिवसको अवसरमा संस्थाले १० वटा समुहमा रहेका सदस्य मध्ये प्रत्येक समुहका एक रएक जना गरिब सदस्यहरुलाई बिउपुँजी को रुपमा एकर एक वटा बाख्रा वितरण गरिएको हो।

संस्थाको आफ्नै लगानीमा आफ्ना दुखि तथा गरिब सदस्य हरुलाई केहि राहात होस् तेसबाट आफ्ना सदस्यहरुको केहि भएपनि जीवन उकासियोस भन्ने उदेस्यले उक्त बिउपुंजीको रुपमा बिमा सहित निशुल्क बाख्रा वितरण गरिएको संस्थाका अध्यक्ष बद्री प्रसाद अधिकारीले बताउनु भयो ।
उहाले सहकारी पैसा मात्र उठाउने बचत मात्र गर्ने नभई आफ्ना सदस्यहरुलाइ जिबनस्तर उकास्ने र आर्थिक रुपमा पनि बलियो बनाउने भएकोलेनै यस्ता महत्वपूर्ण कामहरु गर्दै आएको अध्यक्ष अधिकारीले बताउनु भयो ।
गल्छी गाउँपालिका अध्यक्ष केदार नाथ खतिवडाको प्रमुख आथित्यतामा भएको कार्यक्रममा पालिकाका उपाध्यक्ष भाइकाजी तिवारी ,वडा अध्यक्षहरु, सहकारीका संचालक समितिका पदाधिकारी, कर्माचारी लगायतको उपस्थिति रहेको थियो । तस्विर ः शुसिला अर्याल