आइतवार, श्रावण १० गते २०८३

Sunday, Jul 26 2026 आइतवार, श्रावण १० गते २०८३

धार्केमा रहेको नवज्योति वचत तथा ऋण सहकारीले मनायोे १८ औं वार्षिक साधरणसभा

धार्केमा रहेको नवज्योति वचत तथा ऋण सहकारीले मनायोे १८ औं वार्षिक साधरणसभा

नागरिक पाटी

१३, पौष २०८१
  • 5.7K
    SHARES
  • धार्केमा रहेको नवज्योति वचत तथा ऋण सहकारीले मनायोे १८ औं वार्षिक साधरणसभा

    धार्के,धादिङ । नवज्योति बचत तथा ऋण सहकारी संस्थाले १८ औं साधरण सभा मनाएको छ ।

    images

    धादिङको धुनिबेशी नगरपालिका वडा नबर ६ धार्केमा रहेको सहकारी सँस्थाले आज  शनिवार १८ औ साधरण सभा सम्पन्न गरेको हो ।  कार्यक्रममा  सँस्थाका लेखा सुपरिवेक्ष समितिका संयोजक गणेशकुमार रेग्मीले आर्थिक वर्ष २०८० श्रावण १ गतेदेखि २०८१ आषाढ मसान्तसम्मको कारोबारको  जानकारी गराउनु भएको छ ।

    वि.स २०६३ सालमा स्थापना भएको सहकारीकोे शेयर पुँजी २ करोड ४८ लाख ५३ हजार ८ सय रुपैयाँ, बचत रकम १८ करोड २७ लाख ८१ हजार ३२१रुपैयाँ, ऋण लगानी १३ करोड ५७ लाख ५७ हजार ३२ रुपैयाँ, बैक मौजात  १० करोड  ६० लाख ६३ हजार ७४०रुपैयाँ, जम्मा आम्दानी २ करोड ४३ लाख ५१ हजार ३७२ रुपैयाँ , ब्याज सहितको खर्च  १ करोड ५९ लाख ९० हजार १९५ रुपैयाँ, ह्रासकट्टि र कर बापतको खर्च  ११ लाख ९२ हजार ७७९ रुपैयाँ , आम्दानी रकम ७१ लाख ६८ हजार ३९६ रुपैयाँ रहेको सहकारीको कुल पँजी तथा दाहित्व २५ करोड ६२ लाख ८३ हजार ६५८ रुपैयाँ रहेको छ ।

    २०८१ अषाढ मसान्त सम्म जम्मा २१८३  शेयर सदस्य रहेकोमा आगामी अषाढ मसान्त सम्ममा ३,००० पुर्याउने लक्ष्य सहकारीले लिइएको छ । साधरण सभामा सहकारी सँस्थाद्वारा उत्कृष्ट वचतकर्ता, जेष्ठ नागरिक वचतकर्ता, बाल वचतकर्ता,उत्कृष्ट मासिक वचतकर्ता लगायतलाई सम्मान पत्र वितरण गरिएको सहकारीका अध्यक्ष अर्जुन आचायले बताए ।

    सहकारी सँस्थाका सचिब कृष्ण कुमार हमालले संचालन गर्नुभएको साधारण सभामा सँस्थाका अध्यक्ष अध्यक्ष अर्जुन आचार्यको अध्यक्षता, धुनिबेशी नगरपालिकाका प्रमुख बालकृष्ण आचार्यको प्रमुख आतिथ्यता, थाक्रे गाउँपालिका अध्यक्ष राम कुमार आचार्यको बिशेष आतिथ्यता रहेको थियो । २०५० सालमा साबिकको केबलपुर गा.बि.स भोटेडाडाको ग्रामीण भेगमा १३ जना कृषक, शिक्षक, ब्यापारी, तथा सामजिक अगुवाहरुले श्री नवज्योति कृषक तथा युवा समूह स्थापना गरि मासिक २५ रुपैयाँ जम्मा गरेर सुरु गरेको समूह पछि २०६३ असार २९ गते विधिवतरुपमा दर्ता गरि श्री नवज्योति बचत तथा ऋण सहकारी सस्था साबिकको नौबिसे १ धार्के तथा हाल धुनिबेशी नगरपालिका ६ धार्केमा रहने गरि कारोबार गर्दै आएको छ ।

    images
    images
    images
    प्रकाशित मिति :पौष १३, २०८१ शनिवार - १९:५६:२२ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology