आइतवार, श्रावण १० गते २०८३

Sunday, Jul 26 2026 आइतवार, श्रावण १० गते २०८३

कोरिया विमान दुर्घटना : मृत्यु हुनेको संख्या १२० पुग्यो

कोरिया विमान दुर्घटना : मृत्यु हुनेको संख्या १२० पुग्यो

नागरिक पाटी

१४, पौष २०८१
  • 2.3K
    SHARES
  • कोरिया विमान दुर्घटना : मृत्यु हुनेको संख्या १२० पुग्यो

    दक्षिण कोरियामा भएको विमान दुर्घटना मृत्यु हुनेको संख्या १२० पुगेको छ । दुईजनाको जिवितै उद्धार गरिएको जनाइएको छ । जेजु एयरद्वारा सञ्चालित बोइङ ७३७–८०० उडानमा १७५ यात्रु र ६ जना उडान दलका सदस्यसहित १८१ जना रहेका थिए । जसमा १७३ दक्षिण कोरियाली र दुई जना थाइ नागरिक थिए ।

    images

    बैंककबाट आएको उक्त विमान दक्षिण कोरियाको मुआन विमानस्थलमा अवतरण गर्ने क्रममा दुर्घटना भएको थियो । विमान धावनमार्गबाट ​​बाहिर निस्केर मुआन अन्तर्राष्ट्रिय विमानस्थलको पर्खालमा ठोक्किएको थियो । उद्धार कार्य जारी रहेकाले थप विवरण आउन बाँकी रहेको बीबीसीले जनाएको छ । विमानको ल्यान्डिङ गियर बिग्रिँदा दुर्घटना भएको अनुमान गरिएको छ ।

    यसैबीच, दक्षिण कोरियाका कार्यवाहक राष्ट्रपति चोई साङ मोकले मुआनलाई विशेष प्रकोप क्षेत्र घोषणा गरेका छन्।

    images
    images
    images
    प्रकाशित मिति :पौष १४, २०८१ आइतवार - १२:१६:४९ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology