आइतवार, श्रावण १० गते २०८३

Sunday, Jul 26 2026 आइतवार, श्रावण १० गते २०८३

नागढुंगा–नौबिसे –मुग्लिन सडकमा नतिजा देखिने गरी काम गर्न मन्त्री दाहालको निर्देशन

नागढुंगा–नौबिसे –मुग्लिन सडकमा नतिजा देखिने गरी काम गर्न मन्त्री दाहालको निर्देशन

नागरिक पाटी

१७, पौष २०८१
  • 2.8K
    SHARES
  • नागढुंगा–नौबिसे –मुग्लिन सडकमा नतिजा देखिने गरी काम गर्न मन्त्री दाहालको निर्देशन

    धादिङ। भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालले नागढुंगा नौबिसे मुग्लिन सडक निर्माणको नतिजा देखाउन निर्देशन दिएका छन्। निर्माणाधीन सडकको बुधबार स्थलगत निरीक्षण गरी निर्माण कम्पनी तथा मन्त्रालयका नियमनकारी कार्यालयहरुलाई सो निर्देशन दिएका हुन् ।

    images

    नागढुङ्गा–नौबिसे –मुग्लिन, नौबिसे –मलेखु तथा मलेखु–मुग्लिन खण्डको निरीक्षण गर्दै उनले संघीय राजधानीलाई देशका विभिन्न भागसँग जोड्ने लाइफलाइनको रूपमा रहेको सडक निर्माणमा भएको ढिलासुस्तीले नागरिक मारमा परेको भन्दै परिणाम देखिने गरी काम गर्न निर्देशन दिनु भएको छ।

    निरीक्षणका क्रममा रहेका मन्त्रालयका सचिव केशवकुमार शर्माले मासिक लक्ष्य निर्धारण गरी नियमित रूपमा मन्त्रालयमा लक्ष्य र परिणाम पेस गर्न निर्माण कम्पनी एवम् आयोजना प्रमुखहरूलाई निर्देशन दिनु भएको छ।

    यस्तै सडक विभागका महानिर्देशक रामहरि पोखरेलले निर्माणमा देखिएका स्थानीय अवरोध र समस्या मन्त्रालयले समाधान गरी सकेकाले अब परिणाम देखाउने काम निर्माण कम्पनीको रहेको बताए।

     

    images
    images
    images
    प्रकाशित मिति :पौष १७, २०८१ बुधवार - १८:०८:५४ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology