आइतवार, श्रावण १० गते २०८३

Sunday, Jul 26 2026 आइतवार, श्रावण १० गते २०८३

बुधसिंघाट कृषि सहकारी सँस्थाको १३ औं बार्षिक साधारणसभा सम्पन्न

बुधसिंघाट कृषि सहकारी सँस्थाको १३ औं बार्षिक साधारणसभा सम्पन्न

नागरिक पाटी

२०, पौष २०८१
  • 5.1K
    SHARES
  • बुधसिंघाट कृषि सहकारी सँस्थाको १३ औं बार्षिक साधारणसभा सम्पन्न

    नुवाकोटको बिदुर ३ बुधसिंघाटमा रहेको श्री बुधसिंघाट कृषि सहकारी संस्थाको १३ औं बार्षिक साधारणसभा सम्पन्न भएको छ । सहकारीका अध्यक्ष शरण राईको अध्यक्षतामा भएको साधारणसभामा बिदुर नगरपालिकाको कार्यपालिका सदस्य साबित्री राईको प्रमुख आतिथ्यता रहेको थियो ।

    images

    कार्यक्रममा बिशेष अतिथि वडा सदस्य ईन्द्र प्रसाद अधिकारी, बाग्मति प्रदेश बिपद व्यवस्थापन बेस क्याम्प नुवाकोट प्रमुख प्रसनि गौरिशंकर साह, पुर्व शिक्षक हरि प्रसाद अधिकारी, चतुरमान तामाङ तथा जेष्ठ नागरिक, समाजसेवी लगायतको आतित्थ्यता रहेको थियो ।

    सहकारीको आर्थिक वर्ष २०८१÷८२ को बार्षिक प्रतिबेदन संस्थाको सचीव रामशरण वस्तिबाट प्रस्तुत भएको छ । यस्तै कुलि पुँजी रु ३९ लाख ८५ हजार ३२२ सँगै आय–व्यव प्रस्तुत गरिएको छ ।
    सहकारी बि.सं. २०६८ सालमा स्थापना भएको हो । सहकारीमा महिला ३२ र पुरुष ५७ गरि ८९ जना शेयर तथा बचत सदस्य रहेको छ । यसैगरी सहकारी संचालक समितिको रिक्त रहेको कोषाध्यक्षमा दीपक ठकुरी चयन हुनुभएको छ ।

    सहकारीले नियमित बचत तथा आवश्यक ऋृण प्रवाह गर्दै आईरहेको छ । सहकारिले आवश्यक ऋण लाई आम्दानी हुने पशुपन्छि तरकारी खेतिमा ध्यान दिनुपर्ने संस्थाको अध्यक्ष शरण राईले बताउनु भएको छ । उक्त कार्यक्रमको संचालन ठाकुर प्रसाद वस्ती राजुले गर्नुभएको थियो।

    images
    images
    images
    प्रकाशित मिति :पौष २०, २०८१ शनिवार - १९:३३:२८ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology