आइतवार, श्रावण १० गते २०८३

Sunday, Jul 26 2026 आइतवार, श्रावण १० गते २०८३

धुनिवेशी नगरपालिकामा नवनिर्मित नगर अस्पतालको सँयुक्त अनुगमन

धुनिवेशी नगरपालिकामा नवनिर्मित नगर अस्पतालको सँयुक्त अनुगमन

आशिष ठकुरी

२२, पौष २०८१
  • 3.5K
    SHARES
  • धुनिवेशी नगरपालिकामा नवनिर्मित नगर अस्पतालको सँयुक्त अनुगमन

    धादिङको धुनिवेशी नगरपालिकामा नवनिर्मित नगर अस्पतालको अनुगमन गरिएको छ । नगरउपप्रमुख सुरज उप्रेती, प्रमुख प्रशासकिय अधिकृत निरज पौडेल, नौबिसे स्वास्थ्य चौकी व्यवस्थापन समितीका अध्यक्ष यदुनाथ पाठक, आयोजना प्रमुख विदुर खड्का लगायतले नगर अस्पताल हस्तान्तरण कार्यक्रमको लागि सँयुक्त अनुगमन गरि निर्माणपक्षलाई सुझाव दिईएको हो ।

    images

    अनुगमनका क्रममा केहि कमजोरी देखिएकाले उक्त कार्य एक हप्ता भित्र सम्पन्न गरेपछि मात्र नगर अस्पताल हस्तान्तरण कार्यक्रम गरिने नगरउपप्रमुख उप्रेतीले बताउनुभयो ।

    3.JPG

    प्रमुख प्रशासकिय अधिकृत पौडेलले अनुगमन पछि विभिन्न सुझावहरु पनि दिईएको बताउनुभयो । स्वास्थ्य चौकी व्यवस्थापन समितीका अध्यक्ष पाठकले अस्पताल निर्माणमा भएका विभिन्न कमजोरी तत्काल सुधार्न अनुरोध गर्नुभएको छ ।

    अनुगमन पछि आयोजना प्रमुख खड्काले एक साता भित्र देखिएको कमजोरी सुधारेर नगरपालिकालाई अस्पताल हस्तान्तरण गरिने बताउनुभयो ।

    4.JPG

    सँयुक्त अनुगमनमा स्वास्थ्य शाखा प्रमुख धुव्र अधिकारी सहित ईन्जिनियर, पत्रकार, राजनैतिक दलका प्रतिनिधी, स्वास्थ्यकर्मी लगायतको सहभागिता रहेको थियो ।

    2.JPG

    images
    images
    images
    प्रकाशित मिति :पौष २२, २०८१ सोमवार - २०:०१:१० बजे

    आशिष ठकुरी

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology