आइतवार, श्रावण १० गते २०८३

Sunday, Jul 26 2026 आइतवार, श्रावण १० गते २०८३

उत्प्रेरणा महिला कृषि सहकारी सँस्थाले मनायो १० औँ वार्षिक साधारणसभा

उत्प्रेरणा महिला कृषि सहकारी सँस्थाले मनायो १० औँ वार्षिक साधारणसभा

नागरिक पाटी

२८, पौष २०८१
  • 3.1K
    SHARES
  • उत्प्रेरणा महिला कृषि सहकारी सँस्थाले मनायो १० औँ वार्षिक साधारणसभा

    उत्प्रेरणा महिला कृषि सहकारी सँस्थाको १० औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । धादिङको धुनिवेशी नगरपालिका वडा नम्बर ६ मा रहेको उक्त सहकारीको शनिबार साधारणसभा गरिएको हो ।

    images

    साधारणसभा मार्फत सँस्थाको वार्षिक प्रगती प्रतिवेदन, लेखा परिक्षण प्रतिवेदन, लेखा सुपरिवेक्षण प्रतिवेदन लगायत विभिन्न सँस्थाको विनियम सँसोधन तथा कार्यविधी निर्माण र पारित गरिएको सहकारीका व्यवस्थापक किशोर अधिकारीले बताउनुभयो ।

    साधारणसभामा सञ्चालक समितीको तर्फबाट अध्यक्ष शारदा पाण्डेले सहकारीको प्रगति प्रतिवेदन प्रस्तुत गर्नुका साथै आगामी आर्थिक वर्षका लागि प्रस्तावित कार्ययोजना प्रस्तुत गर्नुभएको छ ।

    यस्तै सँस्थाका सचिव रेनुका गौतम, कोषाध्यक्ष लक्ष्मीकुमार शाही, लेखा सुपरिवेक्षण समितीका सँयोजक गीता आचार्य मुडवरीले पनि साधारणसभामा प्रतिवेदन प्रस्तुत गर्नुभएको छ ।

    3.jpg

    वि.सं. २०७१ सालमा स्थापना भएको उक्त सहकारीमा २३२ जना सेयर सदस्य रहेका छन् । अघिल्लो आर्थिक वर्षको अन्त्य सम्म सहकारीको सेयर पुँजी १० लाख ८९ हजार ८०० रुपैँया, बचत ४३ लाख ९७ हजार ८९१ रुपैँया, ऋण लगानी १४ लाख ४४ हजार ७४ रुपैँया, स्थिर सम्पती ३७ लाख २५ हजार १७१ रुपैँया र जगेडा कोष २ लाख ३५ हजार २१२ रुपैँया रहेको साधारण सभामा जानकारी गराईएको छ ।

    2.jpg

    सहकारीका अध्यक्ष शारदा पाण्डेको अध्यक्षतामा भएको साधारणसभामा धुनिवेशी नगर सहकारी सँघका अध्यक्ष बासुदेव वास्कोटाको प्रमुख आतित्थ्यता, जिल्ला सहकारी सँघ धादिङका सदस्य प्रमिला पण्डित, नवज्योती वचत तथा ऋण सहकारीका व्यवस्थापक हरिहर लुईटेल, सँकल्प बचत तथा ऋण सहकारीका व्यवस्थापक प्रदिप कोईराला र रेडियो राजमार्ग तथा नागरिकपाटी डटकममा सञ्चालक आशिष ठकुरीको आतित्थ्यता रहको थियो ।

    images
    images
    images
    प्रकाशित मिति :पौष २८, २०८१ आइतवार - ११:५१:२५ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology