आइतवार, श्रावण १० गते २०८३

Sunday, Jul 26 2026 आइतवार, श्रावण १० गते २०८३

धुनिवेशी नगरपालिकामा विभिन्न रोगका बारेमा सचेतना तथा अन्तरक्रिया कार्यक्रम सञ्चालन

धुनिवेशी नगरपालिकामा विभिन्न रोगका बारेमा सचेतना तथा अन्तरक्रिया कार्यक्रम सञ्चालन

आशिष ठकुरी

८, माघ २०८१
  • 2.4K
    SHARES
  • धुनिवेशी नगरपालिकामा विभिन्न रोगका बारेमा सचेतना तथा अन्तरक्रिया कार्यक्रम सञ्चालन

    धुनिवेशी नगरपालिकामा विभिन्न नसर्ने रोग, मानसिक स्वास्थ्य तथा सरुवा रोग नियन्त्रण तथा जुनोटिक रोग रोकथाम सम्बन्धी सचेतना तथा अन्तरक्रिया कार्यक्रम भएको छ । बागमती प्रदेश स्वास्थ्य मन्त्रालय अन्तर्गत स्वास्थ्य निर्देशनालयको आयोजनामा उक्त कार्यक्रम भएको हो ।

    images

    कार्यक्रममा विभिन्न नसर्ने रोगहरु, रोगको पहिचान तथा उपचार सँगै मानसिक स्वास्थ्य तथा सरुवा रोग नियन्त्रण तथा जुनोटिक रोगको रोकथामको बारेमा सहभागीहरुलाई जानकारी गराईएको छ ।

    कार्यक्रममा विशेष गरि सुर्तिजन्य पदार्थको प्रयोग, अस्वस्थ आहार, शारिरिक निष्किृयता, मदिराजन्य पदार्थको प्रयोगका कारण हुने समस्याहरु र यसबाट आउने समस्या कम गर्न अपनाउनुपर्ने उपायहरुका बारेमा जानकारी गराईएको छ । यस्तै मानसिक स्वास्थ्य र यसको समस्याका लक्षणहरु, जोखिम भएका व्यक्तिको पहिचान लगायत रेविज रोगको बारेमा पनि जानकारी गराईएको छ ।

    dhu 1.jpg

    कार्यक्रममा नगरप्रमुख बालकृष्ण आचार्यले नगरपालिकाले स्वास्थ्य क्षेत्रमा गरिरहेको कामको बारेमा पनि सहभागीलाई जानकारी गराउनुका साथै विभिन्न रोगका बारेमा सचेत रहन पनि आग्रह गर्नुभएको छ ।

    नगरपालिकाको स्वास्थ्य शाखा प्रमुख धुव्र कुमार अधिकारीको अध्यक्षता र नगरप्रमुख बालकृष्ण आचार्यको प्रमुख आतित्थ्यतामा भएको कार्यक्रममा स्वास्थ्य निर्देशनालयका शाखा प्रमुख अर्जुन पौडेल, यसैगरी मुस्कान पुडासैनीले सहजिकरण गर्नुभएको थियो ।

    dhu2.jpg

    कार्यक्रममा विभिन्न स्वास्थ्यकर्मी, कर्मचारी, शिक्षक, विद्यार्थी, अभिभावक लगायतको सहभागिता रहेको धुनिवेशीको स्वास्थ्य शाखाका हेमन्त सुवेदीले जानकारी दिनुभयो । बागमती प्रदेश स्वास्थ्य मन्त्रालय अन्तर्गत स्वास्थ्य निर्देशनालयले विभिन्न जिल्लाको पालिकामा नमुनाको रुपमा यस्तो किसिमको कार्यक्रम गरिरहेको जानकारी गराईएको छ ।

    images
    images
    images
    प्रकाशित मिति :माघ ८, २०८१ मंगलवार - २२:२४:१५ बजे

    आशिष ठकुरी

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology