आइतवार, श्रावण १० गते २०८३

Sunday, Jul 26 2026 आइतवार, श्रावण १० गते २०८३

बागमती प्रदेशमा माघ १८ गते प्रदेश सभा बैठक आह्वान गर्ने निर्णय

बागमती प्रदेशमा माघ १८ गते प्रदेश सभा बैठक आह्वान गर्ने निर्णय

नागरिक पाटी

११, माघ २०८१
  • 2.7K
    SHARES
  • बागमती प्रदेशमा माघ १८ गते प्रदेश सभा बैठक आह्वान गर्ने निर्णय

    बागमती प्रदेश सरकारले प्रदेश सभाको अधिवेशन माघ १८ गतेको लागि बोलाउनको लागि प्रदेश प्रमुखलाई पत्राचार गर्ने निर्णय गरेको छ । शुक्रबार बसेको मन्त्रीपरिषद् बैठकले प्रदेशसभाको १५ औँ अधिवेशनको मिति तय गरेको सरकारका प्रवक्ता एवम् आन्तरिक मामिला तथा कानुन मन्त्री सुरजचन्द्र लामिछानेले बताए ।

    images

    गत असोज ७ गतेबाट स्थगित भएको प्रदेशसभाको अधिवेशन ४ महिनापछि बोलाउने निर्णय भएको मन्त्री लामिछाने बताए । बैठकले भौतिक पुर्वाधार मन्त्रालयले निर्माण गरेको भवन नीति पनि अनुमोदन गरेको प्रवक्ता लामिछानेले बताए ।

    मन्त्रीपरिषद् बैठकले चलचित्र सम्बन्धी विधेयकलाई प्रदेशसभामा पेश गर्न स्वीकृत गरेको छ भने बागमती प्रदेशको कामकाजको भाषा ऐनको विषयमा बनेको कार्यदलले बुझाएको प्रतिवेदनलाई सरकारले ग्रहण गर्ने निर्णय गरेको छ । बैठकले काभ्रेको तालढुंगामा एकीकृत नमुना बस्ती बसाउने र त्यसलाई पनि विधेयकको रूपमा लैजाने निर्णय गरेको प्रवक्ता लामिछाने बताए ।

     

    images
    images
    images
    प्रकाशित मिति :माघ ११, २०८१ शुक्रवार - १५:५३:४१ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology