शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

किराञ्चोक कार्किडाँडा माध्यमिक विद्यालयको शताव्दी महोत्सव सुरू

किराञ्चोक कार्किडाँडा माध्यमिक विद्यालयको शताव्दी महोत्सव सुरू

शिवराज आचार्य

१९, माघ २०८१
  • 3.1K
    SHARES
  • किराञ्चोक कार्किडाँडा माध्यमिक विद्यालयको शताव्दी महोत्सव सुरू

    धादिङ । धादिङको गल्छी गाउँपालिका वडा नम्बर ४ कार्किडाँडामा रहेको किराञ्चोक कार्किडाँडा माध्यमिक विद्यालय स्थापना भएको १०० बर्ष पुगेकोको अवसरमा शताब्दी महोत्सव सुरू भएको छ । स्थापनाको एक सय बर्ष पुगेको अवसरमा विद्यालयले आज शनिबार देखि शताब्दी महोत्सव सुरु गरेको छ ।

    images
    images

    नेपाल सरकारका कृषि मन्त्री रामनाथ अधिकारी र बागमती प्रदेश सरकारका पृर्व मुख्यमन्त्री तथा पृर्व विद्यार्थी शालिकराम जमकटेलले शताब्दी महोत्सवको उद्घाटन गर्नु भएको छ। माघ १९ देखि २१ गते सम्म विभिन्न कार्यक्रमको आयोजना गरि शताव्दी महोत्सव मनाउन लागेको विद्यालय व्यवस्थापन समितीका अध्यक्ष रेनुका पराजुलीले बताउनुभयो ।

    476019725_1442381910496868_8993062838976020265_n.jpg

    यस शताब्दी महोत्सवमा भोलि आइतबार गल्छी गाउँपालिका स्तरीय अन्तर माध्यमिक विद्यालय हाजिरी जवाफ प्रतियोगिता र खेलकुदका कार्यक्रम हुने विद्यालयका प्रधानाध्यापक पुरुषोत्तम अधिकारीले जानकारी दिनुभयो ।

    विक्रम सम्वत १९८२ माघ २१ गतेका दिन भाषा पाठशालाका रुपमा स्थापना भएको किराञ्चोक कार्कीडाँडा माध्यमिक विद्यालय जिल्लाकै पुरानो विद्यालयको रुपमा रहेको छ।

    धेरै वर्ष सम्म खुल्ला चौर, चौतारो, कटुसे छाप्रो, ढुंगा माटोको गाह्रो भएको कोठामा पढाई सञ्चालन हुने गरेकोमा अहिले सुविधा सम्पन्न भवन सहितको विद्यालयमा पठन पाठन हुने गरेको विद्यालय व्यवस्थापन समितीका सदस्य सुमन सुवेदीले बताउनुभयो ।

    475786821_1442381403830252_5550589202620277346_n.jpg

    भाषा पाठशालामा २००४ सालबाट संस्कृत बाहेक अन्य पठन पाठन शुरु भएकोमा भाषा पाठशाला हुँदै २०३२ सालमा प्राथमिक विद्यालय, २०३४ मा निम्न माध्यमिक बिद्यालय, २०५४ मा माध्यमिक विद्यालय र २०६८ मा उच्च माविको अनुमति पाएको यस विद्यलायबाट अहिले सम्म ७९४ जनाले एसएलसी एसइई र २०० जनाले १२ कक्षा उतिर्ण गरेको विद्यालयका प्रधानाध्यापक अधिकारीले बताउनुभयो ।

    नेपाल राष्ट्र बैंकका पूर्व गर्भनर दिपेन्द्रपुरुष ढकाल, पूर्व न्यायाधिश दामोदर पुरुष ढकाल, प्रा।डा।रामचन्द्र गौतम, प्रा.डा.डिल्ली प्रसाद गौतम (हाल स्वर्गिय), पूर्व एसएसपी एवं साहित्यकार श्री पुरुष ढकाल, बागमती प्रदेशका पूर्व मुख्यमन्त्री शालिकराम जमकट्टेल, पूर्व प्रमुख जिल्ला अधिकारी तारानाथ गौतम, पूर्व प्रजिअ शिवेन्द्र पुरुष ढकाल, प्राध्यापक सिद्धिनाथ गौतम, कुलेन्द्र पुरुष ढकाल, बरिष्ठ साहित्यकार कृष्ण गौतमले अक्षर चिनेको विद्यालयको रूपमा रहेको छ।

    कार्यक्रममा नेपाल सरकारका कृषि मन्त्री रामनाथ अधिकारी र बागमती प्रदेश सरकारका पृर्व मुख्यमन्त्री शालिकराम जमकटेल, गल्छी गाउँपालिका अध्यक्ष केदारनाथ खतिवडा,उपाध्यक्ष भाइकाजी तिवारी,पृर्व अध्यक्ष कृष्णहरि श्रेष्ठ,विभिन्न वडाका वडा अध्यक्ष, पृर्व शिक्षक, पृर्व विाँर्थीहरु विव्यस,समाजसेवी,अभिभावक, शिक्षक, विद्यार्थीहरुको सहभागिता रहेको थियो ।

    images
    images
    images
    images
    प्रकाशित मिति :माघ १९, २०८१ शनिवार - २१:५८:०१ बजे

    शिवराज आचार्य

    पत्रकार तथा सञ्चारकर्मी आचार्य नागरिकपाटीमा आवद्द हुनुहुन्छ ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology