आइतवार, श्रावण १० गते २०८३

Sunday, Jul 26 2026 आइतवार, श्रावण १० गते २०८३

धादिङको थाक्रेमा सोनाम ल्होछार विशेष वृहत कार्यक्रम सम्पन्न

धादिङको थाक्रेमा सोनाम ल्होछार विशेष वृहत कार्यक्रम सम्पन्न

नागरिक पाटी

२०, माघ २०८१
  • 4.3K
    SHARES
  • धादिङको थाक्रेमा सोनाम ल्होछार विशेष वृहत कार्यक्रम सम्पन्न

    धादिङको थाक्रे गाउँपालिका वडा नं ३ को मल्डुङ खेल मैदानमा बृहत सोनाम ल्होछार सांस्कृतिक कार्यक्रम, विश्व शान्ति पुजा तथा रक्तदान कार्यक्रम सम्पन्न भएको छ। तामाङ समुदायको सांस्कृतिक पर्व २८६१ औं सोनाम ल्होछारको अवसरमा प्रगतिशिल युवा क्लवको आयोजना र थाक्रे गाउँपालिकाको आर्थिक सहयोग तथा नेपाल तामाङ घेदुङ थाक्रेको संयोजकत्वमा शनिवार बृहत रुपमा कार्यक्रम सम्पन्न भएको हो।

    images

    कार्यक्रममा थाक्रे गाउँपालिका वडा नं ३ का वडा अध्यक्ष विजय तामाङ, थाक्रे गाउँपालिकाका एमाले अध्यक्ष गणेशमान वाइबा, थाक्रे गाउँपालिकाका अध्यक्ष रामकुमार आचार्य, नेकपा एमालेका नेता तथा पूर्व सांसद भुमी प्रसाद त्रिपाठी र पूर्व कानुन मन्त्री तथा नेपाल तामाङ घेदुङ संघका केन्द्रीय सदस्य शेर वहादुर तामाङले शुभकामना दिनुभएको थियो। यस्तै साँस्कृतिक सँगै भएको रक्तदान कार्यक्रममा ४८ जनाले रक्तदान गरेको प्रगतिशील युवा क्लवका अध्यक्ष निकेश तामाङले बताउनुभयो ।

    प्रगतिशील युवा क्लवका अध्यक्ष निकेश तामाङको सभापतित्वमा सम्पन्न कार्यक्रममा नेपाल सरकारका पूर्व कानुन मन्त्री तथा नेपाल तामाङ घेदुङ संघका केन्द्रीय सदस्य शेर वहादुर तामाङको प्रमुख आतिथ्यता, नेकपा एमालेका नेता तथा पूर्व सांसद भुमी प्रसाद त्रिपाठी र थाक्रे गाउँपालिकाका अध्यक्ष रामकुमार आचार्यको विशेष आथित्यता रहेको थियो।

    त्यसैगरी नेपाल तामाङ घेदुङ संघका जिल्ला अध्यक्ष, उपाध्यक्ष, थाक्रे गाउँपालिकाका विभिन्न वडाका वडा अध्यक्षहरु, विभिन्न पार्टीका स्थानिय नेताहरु, विद्यालयका प्रधानाध्यापकहरुको आतिथ्यता रहेको थियो।

    images
    images
    images
    प्रकाशित मिति :माघ २०, २०८१ आइतवार - ११:१५:५९ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology