शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

महाङकालेश्वरी माविमा सरस्वती मूर्तिको प्राणप्रतिष्ठा

महाङकालेश्वरी माविमा सरस्वती मूर्तिको प्राणप्रतिष्ठा

शिवराज आचार्य

२२, माघ २०८१
  • 3.1K
    SHARES
  • महाङकालेश्वरी माविमा सरस्वती मूर्तिको प्राणप्रतिष्ठा

    धादिङको थाक्रे गाउँपालिका–८ मा रहेको श्री महाङकालेश्वरी माध्यमिक विद्यालयमा सरस्वतीको मूर्तिको प्राणप्रतिष्ठा गरिएको छ ।

    images
    images

    476241978_948121810756323_8560162861792262562_n.jpg

    सरस्वती पूजाको अवसर पारेर मुर्तिको प्राणप्रतिष्ठा गरीएको हो। विद्यालय परिसरमा स्थापना गरिएको मन्दिरमा रहेको मुर्तिलाई विधिपूर्वक प्राणप्रतिष्ण गरिएको भूतपुर्व विद्यार्थी समुहका अध्यक्ष प्रकाश थापाले जानकारी दिनु भयो।

    475038477_948121040756400_9155736507142048167_n-1536x1152.jpg

    पूर्व विद्यार्थी समूह “भूतपूर्व विद्यार्थीको अभियान, विद्यालयको उन्नतिको साथै गुरुहरूको सम्मान” भन्ने मुल नाराको साथ भूतपूर्व विद्यार्थीहरूको समुहको सहयोगमा सरस्वती मन्दिर निर्माण गरिएको विद्यालयले बताएको छ ।थाक्रे –८ का वडाअध्यक्ष प्रेम कुमार थापाको उपस्थितिमा मूर्तिको प्राणप्रतिष्ठा गरिएको हो । सो अवसरमा स्थानीय समाजसेवी, शिक्षकशिक्षिका भूतपृर्व विद्यार्थी तथा विद्यार्थीहरुको सहभागीता थियो ।

    images
    images
    images
    images
    प्रकाशित मिति :माघ २२, २०८१ मंगलवार - १५:५८:१० बजे

    शिवराज आचार्य

    पत्रकार तथा सञ्चारकर्मी आचार्य नागरिकपाटीमा आवद्द हुनुहुन्छ ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology