आइतवार, श्रावण १० गते २०८३

Sunday, Jul 26 2026 आइतवार, श्रावण १० गते २०८३

न्यू होराइजनलाई हराउँदै फ्रेन्डस् युथ क्लब अर्जुन ट्रफी राष्ट्रिय क्रिकेटको फाइनलमा

न्यू होराइजनलाई हराउँदै फ्रेन्डस् युथ क्लब अर्जुन ट्रफी राष्ट्रिय क्रिकेटको फाइनलमा

नागरिक पाटी

२६, माघ २०८१
  • 1.9K
    SHARES
  • न्यू होराइजनलाई हराउँदै फ्रेन्डस् युथ क्लब अर्जुन ट्रफी राष्ट्रिय क्रिकेटको फाइनलमा

    न्यू होराइजन बुटवललाई हराउँदै फ्रेन्डस् युथ क्लब डडेल्धुरा धनगढीमा चलिरहेको अर्जुन ट्रफी राष्ट्रिय क्रिकेट प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । आज भएको पहिलो सेमिफाइनलमा डडेल्धुराले बुटवललाई पाँच विकेटले हराएको हो ।

    images

    बुटवलले दिएको ८३ रनको लक्ष्य पछ्याएको डडेल्धुराले १५ ओभरमा पाँच विकेट गुमाएर भेट्टायो । डडेल्धुराका लागि कुशल भुर्तेलले ४६ रन बनाए । यस्तै आयुष्मान बमले १६ रन बनाए । बुटवलका प्रिन्स फलले तीन विकेट लिए । यस्तै निर्मल गुरुङ र महेश भरले समान एक विकेट लिए ।

    त्यसअघि फाप्ला क्रकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको बुटवल १६ ओभर एक बलमा अलआउट भयो । बुटवलका लागि आरिफ खानले २० र दिपक डुम्रेले १८ रन बनाए । डडेल्धुराका कुशल भुर्तेलले पाँच विकेट लिए । यस्तै अजय चौहानले तीन, हेमन्त धामी र अशोक धामीले समान एक विकेट लिए ।

    प्रतियोगितामा भोलि समूह ‘ए’ को उपविजेता धनगढीले समूह ‘बी’ को विजेता अत्तरियासँग खेल्नेछ । गो ड्रिमर्सको आयोजना तथा नेपाल क्रिकेट सङ्घको वार्षिक क्यालेण्डरअनुसार भइरहेको प्रतियोगिताको फाइनल खेल पर्सि सोमवार हुनेछ । प्रतियोगिताको विजेताले नगद १० लाख र उपविजेताले पाँच लाख रुपैयाँसहित ट्रफी पाउनेछ ।

    images
    images
    images
    प्रकाशित मिति :माघ २६, २०८१ शनिवार - १६:१२:२९ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology