शनिवार, आश्विन १७ गते २०८३

Saturday, Oct 03 2026 शनिवार, आश्विन १७ गते २०८३

धुनिवेशीमा एचपिभि विरुद्धको खोप फागुन १ गतेबाट लगाइने

धुनिवेशीमा एचपिभि विरुद्धको खोप फागुन १ गतेबाट लगाइने

शिवराज आचार्य

२७, माघ २०८१
  • 2.6K
    SHARES
  • धुनिवेशीमा एचपिभि विरुद्धको खोप फागुन १ गतेबाट लगाइने

    धादिङ। धुनिवेशी नगरपालिकामा पाठेघर क्यान्सर विरुद्धको एचपिभि (ह्युमन पापिलोमाभाइरस) खोप फागुन १ देखि ०६ गतेसम्म ३३ खोप केन्द्रहरुमा लगाइने भएको छ।

    images
    images

    आइतबार धुनिवेशी नगरपालिका स्वास्थ्य शाखाको आयोजनामा “एचपिभि खोप अभियान २०८१” अन्तर्गत पालिका स्तरीय खोप समन्वय समिति र अन्य सरोकारवालाहरूका लागि अभिमुखीकरण गोष्ठि र बैठक सम्पन्न भएको छ । बैठकले फागुन १ देखि ०६ गतेसम्म कक्षा ६ देखि १० सम्म अध्ययनरत छात्रा तथा विद्यालय बाहिर रहेका १० देखि १४ वर्ष उमेर समूहका बालिका र किशोरीलाई एचपिभि खोप लगाईने निर्णय गरिएको छ ।

    सरोकारवालाहरूलाई एचपिभि खोप अभियानको महत्व, कार्यान्वयन प्रक्रिया, खोपको प्रभावकारिता, र अभियानलाई सफल बनाउन सामुदायिक सहयोग, समन्वय, तथा सञ्चालनका उपायहरूका बारेमा नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख धुब कुमार अधिकारीले जानकारी गराउनुभयो । खोप अभियानलाई सफल बनाउन सबै पक्षहरूको सक्रिय सहभागिताको अपेक्षा गरिएको छ ।

    धुनिवेशी नगरपालिकाका प्रमुख बालकृष्ण आचार्य,उपप्रमुख सुरज उप्रेती,प्रमुख प्रशासकिय अधिकृत निरज पौडेल, वरिष्ठ जनस्वास्थ्य अधिकृत धुबकुमार अधिकारी, वडा नं १ का अध्यक्ष मान बहादुर तामाङ, वडा नं ९ का अध्यक्ष माधब सिलवाल लगायतको उपस्थिति रहेको थियो ।

    images
    images
    images
    images
    प्रकाशित मिति :माघ २७, २०८१ आइतवार - १८:०३:५४ बजे

    शिवराज आचार्य

    पत्रकार तथा सञ्चारकर्मी आचार्य नागरिकपाटीमा आवद्द हुनुहुन्छ ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology