आइतवार, श्रावण १० गते २०८३

Sunday, Jul 26 2026 आइतवार, श्रावण १० गते २०८३

धादिङमा दोस्रो चरणको एचपिभी खोप अभियान सुरु, धुनिवेशीका करिब ११ सय किशोरी अभियानमा सहभागी हुँदै

धादिङमा दोस्रो चरणको एचपिभी खोप अभियान सुरु, धुनिवेशीका करिब ११ सय किशोरी अभियानमा सहभागी हुँदै

आशिष ठकुरी

१, फाल्गुण २०८१
  • 2.4K
    SHARES
  • धादिङमा दोस्रो चरणको एचपिभी खोप अभियान सुरु, धुनिवेशीका करिब ११ सय किशोरी अभियानमा सहभागी हुँदै

    धादिङको धुनिवेशी नगरपालिकामा पाठेघर क्यान्सर विरुद्धको एचपिभि खोप अभियान सुरु भएको छ । धुनिवेशी नगरपालिका वडा नम्बर ५ मा रहेको भुवनेश्वरी माध्यमिक विद्यालयमा नगररप्रमुख बालकृष्ण आचार्यले स्वास्थ्यकर्मीलाई स्वास्थ्य किट प्रदान गर्दै अभियानको सुरुवात गर्नुभएको हो । 

    images

    अभियानको सुरुवात गर्दै नगरप्रमुख आचार्यले खोप सुरक्षित रहेकाले ढुक्कसाथ लगाउन किशोरीहरुलाई अनुरोध गर्नुभएको छ । यस्तै जनस्वास्थ्य कार्यालय धादिङका प्रमुख विभु कुमार झाले खोपको बारेमा सामाजिक सञ्जाल लगायतमा केहि अफवाह फैलाईएको भन्दै त्यसको पछि नलाग्न अनुरोध गर्दै यो खोप प्रमाणित खोप रहेको बताउनुभयो । यस्तै नगरपालिकाको स्वास्थ्य शाखा प्रमुख धुर्वकुमार अधिकारीले खोप अभियानमा सहभागी हुन सबै किशोरीहरुलाई सहभागी हुनको लागि आग्रह गर्नुभएको छ ।

    नगरपालिकामा कक्षा ६ देखि १० सम्म अध्ययनरत १०५९ छात्रा र विद्यालय बाहिर रहेका १० वर्षदेखि १४ वर्ष उमेर समूहका २५ जना बालिकालाई खोप लगाउने लक्ष्य रहेको छ ।

    दोस्रो चरणमा फागुन १ गते आजदेखी ५ गतेसम्म धुनिवेशी नगरपालिका सहित थाक्रे, गल्छी, गजुरी, बेनिघाट रोराङ गाउँपालिकामा खोप अभियान संचालन भएको जनस्वास्थ्य कार्यालय धादिङका खोप सुपरभाइजर निरीक्षक श्याम प्रसाद पोखरेलले जानकारी दिनुभयो ।

    यसअघि धादिङमा पहिलो चरणको पाठेघरको मुखको क्यान्सरविरुद्धको निःशुल्क ‘एचपीभी खोप’ अभियान सम्पन्न भईसकेको छ । माघ २२ देखि सुरु भएको पहिलो चरणको खोप अभियान अन्तरगत ७ हजार ७८० किशोरीहरुलाई खोप लगाइएको जनस्वास्थ्य कार्यालय धादिङले जनाएको छ ।
    कक्षा ६ देखि १० सम्म अध्ययनरत छात्रा तथा विद्यालय बाहिर रहेका १० वर्षदेखि १४ वर्ष उमेर समूहका बालिका र किशोरीलाई खोप लगाउन अभियान सुरु गरिएको जनस्वास्थ्य कार्यालय धादिङका प्रमुख विभु कुमार झाले बताउनुभयो ।

    भिडियो हेर्नुहोस्...

     

    images
    images
    images
    प्रकाशित मिति :फाल्गुण १, २०८१ बिहिवार - १४:३७:२३ बजे

    आशिष ठकुरी

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology