आइतवार, श्रावण १० गते २०८३

Sunday, Jul 26 2026 आइतवार, श्रावण १० गते २०८३

मैत्रीपुर्ण फुटबलमा नेपाली सेनाको शिवदल गण विजयी

मैत्रीपुर्ण फुटबलमा नेपाली सेनाको शिवदल गण विजयी

नागरिक पाटी

५, फाल्गुण २०८१
  • 3.4K
    SHARES
  • मैत्रीपुर्ण फुटबलमा नेपाली सेनाको शिवदल गण विजयी

    धादिङ । धादिङमा नेपाली सेना र सञ्चारकर्मीबीच मैत्रीपूर्ण फुटबल खेलमा सम्पन्न भएको छ ।

    images

    नेपाल पत्रकार महासंघ धादिङ र शिवदल गण गजुरीको सहुहबीच भएको मैत्रीपूर्ण फुटबल खेलमा शिव दल गणले २–१ गोल अन्तरले विजयी भएको हो ।

    1000046399-1024x683.jpg

    ’महाशिवरात्री तथा नेपाली सेना दिवस २०८१’ को अवसरमा प्रतियोगिता आयोजना गरिएको हो । मैत्रीपुर्ण खेलमा पहिलो गोल गरेर अग्रता लिएको शिव दल गणको टोलीलाई संचारकर्मीको टोलीले दोस्रो हाफमा एक गोल गर्दै बराबरीमा पुर्याएपनि खेलको अन्तिम समयमा शिव दल गणको टोलीले अर्को गोल थपेको थियो । शिव दल गणको दोस्रो गोल नै खेलको निर्णायक गोल बन्न पुग्यो ।

    मैत्रीपूर्ण फुटबलमा नेपाली सेनाको शिवदल गणका गणपति प्रमुख सेनानी अरुण कार्की, मेजर हेमराज सिवाकोटी, नेपाल पत्रकार महासंघ धादिङका अध्यक्ष सीताराम अधिकारी लगायतले फुटबल खेलले नेपाली सेना र पत्रकारविच सम्बन्ध थप सुमधुर बनेको बताएका छन् । आगामी दिनमा पनि यस्तै खेलहरु निरन्तर रुपमा खेल्दै जाने उनीहरुले बताएका छन् ।

    सैनिक र सञ्चार जगतबीचको सम्बन्ध थप प्रगाढ तुल्याउने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको गणका प्रमुख सेनानी अरुण कार्कीले बताए । मैत्रीपूर्ण फुटबलपछि प्रमुख सेनानी कार्कीले सद्भाव र सहकार्य निरन्तर गर्ने प्रतिवद्धता व्यक्त गरे ।

    सहकार्य, समन्वय र नेपाली सेनाप्रति सकारात्मक भाव जगाएको नेपाल पत्रकार महासंघ धादिङका अध्यक्ष सीताराम अधिकारीले बताए ।

    images
    images
    images
    प्रकाशित मिति :फाल्गुण ५, २०८१ सोमवार - ०८:३२:१७ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology