आइतवार, श्रावण १० गते २०८३

Sunday, Jul 26 2026 आइतवार, श्रावण १० गते २०८३

आज प्रजातन्त्र दिवस, विविध कार्यक्रम गरी मनाइँदै

आज प्रजातन्त्र दिवस, विविध कार्यक्रम गरी मनाइँदै

नागरिक पाटी

७, फाल्गुण २०८१
  • 2.3K
    SHARES
  • आज प्रजातन्त्र दिवस, विविध कार्यक्रम गरी मनाइँदै

    काठमाडौं । आज फागुन ७, अर्थात् राष्ट्रिय प्रजातन्त्र दिवस । शहीद दशरथ चन्द, धर्मभक्त माथेमा, गङ्गालाल श्रेष्ठ र शुक्रराज शास्त्रीले हाँसी हाँसी आफ्नो जीवन उत्सर्ग गरेपछि जनक्रान्तिमार्फत निरङ्कुश राणा शासनको अन्त्य भएको दिनको सम्झना गर्दै विविध कार्यक्रमका साथ आज देशभर प्रजातन्त्र दिवस मनाइँदै छ ।

    images

    प्रजातन्त्र स्थापना भएको ७४ वर्षपछि सार्वभौम नेपाली नागरिकले सङ्घीय लोकतान्त्रिक गणतान्त्रिक व्यवस्थामार्फत आफ्ना अधिकार प्राप्तिको अभ्यास गरिरहेका छन् ।

    संवैधानिक रूपमा प्रजातान्त्रिक व्यवहार अनुसार नागरिकका अधिकार स्थापित गर्ने कामको बलियो थालनी २००७ को जनक्रान्तिले गरेको र सोही जनक्रान्तिको जगमा टेकेर नेपालमा संघीय लोकतान्त्रिक गणतन्त्र, सङ्घीयता, समानुपातिक, समावेशीसहितको नागरिकलाई अधिकारसम्पन्न बनाउने व्यवस्थाको अभ्यास आरम्भ भएको राजनीतिशास्त्रीहरु बताउँछन्।

    देशमा पछिल्लो सात दशकमा विभिन्न चरणमा राजनीतिक परिवर्तन र शासकीयस्वरूपमा रूपान्तरण भए पनि त्यसको आधार २००७ कै क्रान्ति भएको त्रिभुवन विश्वविद्यालय राजनीतिकशास्त्रका पूर्वविभागीय प्रमुख प्राध्यापक डाक्टर मीना वैद्य मल्ल बताईन् ।

    उनले २००७ सालको जनक्रान्तिको जगमा नेपालमा सबै क्षेत्रमा रूपान्तरण आएको र नागरिक तहमा पनि शिक्षाको विकास र चेतनाको विकास भएको तर्क गरिन् ।

    यस्तै, दिवसको अवसरमा सरकारले आज देशभर सार्वजनिक विदा दिएको छ भने राष्ट्रप्रमुख, प्रधानमन्त्री, सभामुख, राष्ट्रिय सभा अध्यक्ष तथा शीर्ष नेतृत्वहरुले देशबासीलाई छुट्टा–छुट्टै शुभकामना दिएका छन् ।

    images
    images
    images
    प्रकाशित मिति :फाल्गुण ७, २०८१ बुधवार - ०६:३२:२८ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology