काठमाडौँ प्रहरीले पशुपति क्षेत्रबाट ७५ जनालाई नियन्त्रणमा लिएको छ। पशुपति मन्दिर परिसरमा शंकास्पद गतिविधिमा संलग्न ७५ जनालाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी अपिलराज बोहराले जानकारी दिए।
पक्राउ परेकाहरूलाई प्रहरी परिसर काठमाडौँ र प्रहरी वृत्त गौशालामा राखिएको छ। आपराधिक गतिविधि हुनसक्ने आशंका गर्दै प्रहरीले पशुपति क्षेत्रमा सुरक्षा व्यवस्था कडा पारेको छ। आज महाशिवरात्री पर्व। पशुपतिनाथको मन्दिरसहित देशभरका शिवलायहरूमा भक्तजनको घुइँचो लागिरहेको छ।