धादिङको धुनिवेशी नगरपालिका वडा नम्बर ६ धार्केमा भएको खुल्ला रक्तदान कार्यक्रममा ५६ जनाले रक्तदान गरेका छन् । नेपाल रेडक्रस सोसाईटी धुनिवेशी उपशाखाको आयोजनामा भएको रक्तदानमा १३ जना महिला र ४३ जना पुरुषले रक्तदान गरेको उपशाखाका सभापती रामेश्वर रुपाखेतीले बताउनुभयो ।
रक्तदाता ५६ जना मध्ये १९ जनाले पहिलोपटक रक्तदान गरेको नेपाल रेडक्रस सोसाईटी धुनिवेशी उपशाखाले जनाएको छ ।