आइतवार, श्रावण १० गते २०८३

Sunday, Jul 26 2026 आइतवार, श्रावण १० गते २०८३

धादिङ सिर्जना प्रतिष्ठानको अध्यक्षमा सृजना अर्याल चयन

धादिङ सिर्जना प्रतिष्ठानको अध्यक्षमा सृजना अर्याल चयन

नागरिक पाटी

१६, फाल्गुण २०८१
  • 8.4K
    SHARES
  • धादिङ सिर्जना प्रतिष्ठानको अध्यक्षमा सृजना अर्याल चयन

    धादिङ सिर्जना प्रतिष्ठान प्रतिष्ठानको अध्यक्षमा सृजना अर्याल ९काशिका० चयन हुनुभएको छ । धादिङबेशीमा सम्पन्न धादिङ सिर्जना प्रतिष्ठानको १४ औं वार्षिक साधारण सभा तथा ५ औं अधिवेशनले अर्यालको अध्यक्षतामा १५ सदस्यीय नया कार्यसमिति चयन गरेको हो ।

    images

    समितिको उपाध्यक्षमा नवराज सापकोटा, सचिवमा रोशन कोईराला ९अविरल०, सह–सचिवमा शिरिषा बस्नेत र कोषाध्यक्षमा प्रगती अर्याल चयन हुनुभएको छ ।

    त्यसैगरि सदस्यहरुमा प्रविन घिमिरे, राम प्रसाद अर्याल, रोजिना ढकाल, प्रतिमा अर्याल, अञ्जना सिलवाल, शरण रेग्मी, गौरी ढुङ्गाना, प्रकाश सापकोटा, अमृत अधिकारी, र सम्झना नेपाल कोईराला चयन हुनुभएको छ ।

    धादिङ सिर्जना प्रतिष्ठानको निवर्तमान अध्यक्ष प्रकाश पौडेलको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा वरिष्ठ साहित्यकार एवम् महाकाव्यकार डा।नवराज लम्सालको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रममा धादिङ सिर्जना प्रतिष्ठानको संस्थापक अध्यक्ष एवम् नीलकण्ठ प्रज्ञा प्रतिष्ठानका अध्यक्ष बद्री प्रसाद दाहाल लगायत विभिन्न विधाका साहित्यकार र साहित्य प्रेमिहरुको उपस्थिति रहेको थियो ।

    images
    images
    images
    प्रकाशित मिति :फाल्गुण १६, २०८१ शुक्रवार - ०६:०८:११ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology