- आकृती लोहनी
धादिङको धुनिवेशी नगरपालिका वडा नम्बर ६ मा रहेको गुड स्टार्ट इङ्लिस स्कुलले आफ्नो ३० औँ वार्षिकोत्सव मनाएको छ । शिक्षक सम्मान, पुरस्कार वितरण तथा साँस्कृतिक कार्यक्रम सहित वार्षिकोत्सव कार्यक्रम मनाईएको हो ।
कार्यक्रममा विभिन्न विद्यार्थीहरुले नृत्य, गायन लगायतको प्रस्तुती प्रस्तुत गरेका छन् । यस्तै नेवारी सँस्कृती झल्कने नृत्य, यसैगरी साकेला नृत्य लगायतका प्रस्तुती प्रस्तुत गरेका छन् ।
कार्यक्रममा लोक तथा दोहोरी गायक अमृत खाती र श्रीदेवी देवकोटाले पनि आफ्ना विभिन्न गित मार्फत विद्यालयका अभिभावक र विद्यार्थीलाई मनोरञ्जन प्रदान गर्नुभएको थियो ।
कार्यक्रममा विभिन्न शिक्षक, विद्यालयका सवारी चालक लगायतहरुलाई सम्मान गरिएको छ । यस्तै अतिथीहरुलाई मायाको चिनो प्रदान गरिएको छ । कार्यक्रममा अतिथीहरुले शुभकामना मन्तव्य पनि प्रस्तुत गरेका छन् ।
कार्यक्रममा विद्यालय व्यवस्थापन समितीका अध्यक्ष राजु रेग्मीको अध्यक्षतामा भएको कार्यक्रममा वागमती प्रदेशका गरिबी निवारण तथा सहकारी मन्त्री मदुकुमार श्रेष्ठको प्रमुख आतित्थ्यता रहेको विद्यालयका प्रधानाध्यापक हर्क लामाले जानकारी दिनुभयो ।