नागढुंगा सुरुङ मार्गको अवरोध हटेको छ । धादिङको धुनिवेशी नगरपालिकाको एक जनाको घरमा क्षति पुगेको भन्दै स्थानीयले अवरोध गरेपछि सोमबार बिहानदेखि काम रोकिएको थियो ।
उहाँहरूलाई सडक विभाग मार्फत छलफल गरेर आवश्यक निर्णय गर्ने भन्दै सहमति गरेको सीडीई सञ्जय पन्थ बताउनु भयो। अवरोध हटेसँगै काम सुचारु हुने उनले बताउनु भयो ।
नागढुंगा सुरुङमार्ग आयोजनाको भौतिक प्रगति ८६ प्रतिशत बढी पुगेको छ । पन्थीका अनुसार अन्डरपास, बक्स कल्भर्ट र ओभरपास निर्माणको काम समेत सम्पन्न भइसकेको छ । अहिले फ्लाईओभरको काम जारी छ । फ्लाईओभरको काम ९५ प्रतिशत निर्माण सम्पन्न भइसकेको आयोजनाले जनाएको छ ।