आइतवार, श्रावण १० गते २०८३

Sunday, Jul 26 2026 आइतवार, श्रावण १० गते २०८३

नौबिसे स्वास्थ्य चौकीमा १५४ जना महिलाको स्वास्थ्य परिक्षण

नौबिसे स्वास्थ्य चौकीमा १५४ जना महिलाको स्वास्थ्य परिक्षण

नागरिक पाटी

२३, फाल्गुण २०८१
  • 5.4K
    SHARES
  • नौबिसे स्वास्थ्य चौकीमा १५४ जना महिलाको स्वास्थ्य परिक्षण

    धादिङको धुनिवेशी नगरपालिकामा महिलाहरुको लागि प्रजनन स्वास्थ्य रुग्णता, स्किृनिङ तथा व्यवस्थापन कार्यक्रम सञ्चालन भएको छ । स्वास्थ्य शाखाको आयोजनामा शुक्रबार नौबिसे स्वास्थ्य चौकीमा स्वास्थ्य परिक्षण तथा परामर्श कार्यक्रम मार्फत १५४ जना महिलाहरुलाई सेवा दिईएको स्वास्थ्य चौकी प्रमुख गिता भट्टले बताउनुभयो ।

    images

    पाठेघरको मुखको क्यान्सर स्किृनिङ परिक्षण गराईएको ६५ जना मध्ये १ जनामा क्यान्सर पोजेटिभ देखिएको स्वास्थ्य चौकी प्रमुख भट्टले बताउनुभयो । उहाँले स्वास्थ्य चौकीमा हरेक महिनाको दोस्रो शुक्रबार पाठेघरको मुखको क्यान्सर स्किृनिङ परिक्षण नियमित रुपमा भईरहेको पनि बताउनुभयो ।

    geeta 2.jpg

    अब आईतबार छत्रेदेउराली स्वास्थ्य चौकीमा र सोमबार जिवनपुर स्वास्थ्य चौकीमा पाठेघरको मुखको क्यान्सर स्किृनिङ परिक्षण सहित स्तन क्यान्सर, आङ खस्ने समस्या लगायत समस्याको परिक्षण तथा परामर्श गरिने धुनिवेशी स्वास्थ्य शाखाले जनाएको छ ।

     

    images
    images
    images
    प्रकाशित मिति :फाल्गुण २३, २०८१ शुक्रवार - १९:१३:२९ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology