दार्खा, धादिङ । खनियाबास गाउँपालिमा सञ्चालित रिलिफ परियोजनाको गाउँपालिका स्तरीय अनुगमन सम्पन्न भएको छ। सोमबार खनियाबासमा सञ्चालन भइरहेको रिलिफ परियोजनाको पालिका स्तरीय अनुगमन समिति र पत्रकारहरूको टोलिले अनुगमन गरेको छ।
पालिका स्तरीय अनुगमन कार्यक्रममा परियोजनाले गरेका कृषि र पशुमा प्राविधिक सहयोग, जानकारी, समुहगत अन्तरक्रिया , जलवायु अनकुलन पाठशाला लगायतका बारेमा ६ वटा समुहमा अनुगम गरिएको फिल्ड संयोजक पवन प्याकुरेलले जानकारी दिनु भयो । प्रयास नेपाल धादिङले आड्रा नेपालको साझेदारीमा खनियावास गाउँपालिकामा रिलिफ परियोजना सञ्चालन गरिएको छ।
परियोजनाको पालिका स्तरीय सार्वजनिक सुनुवाइ कार्यक्रम भोलि मंगलबार गाउँपालिकाको सभाहलमा हुने प्रयास नेपाल धादिङका पशुस्वास्थ्य प्राविधिक रुपेश तामाङले बताउनु भयो ।
अनुगमनका क्रममा खनियाबास गाउँपालिकाका उपाध्यक्ष सेक्केमान तामाङले गाउँपालिका पनि कृषि क्षेत्रको विकासमा काम गरीरहेको बताउँदै सहयोगि हातको रूपमा परियोजनाले धेरै सहयोग गरेको बताउनु भयो । उपाध्यक्ष तामाङले आगामी दिनमा पनि यस्तै सहयोगको अपेक्षा गर्दै गाउँपालिका सहकार्य गर्न प्रतिवद्ध रहेको बताउनु भयो । किसानहरुसंग कुरा गर्दै उपाध्यक्ष तामाङले नयाँ र जलवायु उत्थानशील कृषि प्रविधिलाई अवलम्वन गरेर आय आर्जन बढाउन र जलवावायु परिवर्तनको असरलाई कम गर्ने कार्यमा सहयोग गर्न आग्रह गर्नु भयो । यसकालागि गाउँपालिका पनि किसानलाई सहयोग गर्न दृढ रहेको उहाँले बताउनु भयो ।
अनुगमन कार्यक्रममा खनियाबास गाउँपालिका उपाध्यक्ष सेक्केमान तामाङ,प्रयास नेपालका अध्यक्ष वीर बहादुर श्रेष्ठ,आड्रा नेपालका फिल्ड अधिकृत दिलिपचन्द्र ढकाल, पत्रकार महासघं धादिङका नि.वर्तमान अध्यक्ष राजाराम शर्मा,रिलिफ परियोजनाका फिल्ड संयोजक पवन प्याकुरेल लगायत कर्मचारीहरूको सहभागीता रहेको थियोे । अनुगमन कार्यक्रममा करिब ७० जना कृषक हरको सहभागीता रहेको थियोे ।