शनिवार, आश्विन १७ गते २०८३

Saturday, Oct 03 2026 शनिवार, आश्विन १७ गते २०८३

खनियाबासमा सञ्चालित रिलिफ परियोजनाको सार्वजनिक सुनुवाइ तथा सामाजिक लेखा परिक्षण सम्पन्न

खनियाबासमा सञ्चालित रिलिफ परियोजनाको सार्वजनिक सुनुवाइ तथा सामाजिक लेखा परिक्षण सम्पन्न

शिवराज आचार्य

५, चैत्र २०८१
  • 6.3K
    SHARES
  • खनियाबासमा सञ्चालित रिलिफ परियोजनाको सार्वजनिक सुनुवाइ तथा सामाजिक लेखा परिक्षण सम्पन्न

    दार्खा, धादिङ । धादिङको खनियाबास गाउँपालिकामा उत्थानशील जीविकोपार्जन तथा खाद्य सुरक्षा सुदृढीकरण परियोजनाको बार्षिक गतिविधिहरूको सार्वजनिक सुनुवाइ तथा सामाजिक लेखा परिक्षण सम्पन्न भएको छ । प्रयास नेपाल धादिङले आड्रा नेपालको आर्थिक तथा प्राविधिक सहयोगमा जिल्लाको गंगाजमुना र खनियाबास गाउँपालिकामा उत्थानशील जीविकोपार्जन तथा खाद्य सुरक्षा सुदृढीकरण परियोजना सञ्चालनमा रहेको छ ।
         

    images
    images
    485152384_1478763883525337_2700525228550773719_n.jpg
    undefined

    मंगलबार खनियाबास गाउँपालिकाको सभाहलमा भएको सार्वजनिक सुनुवाइ तथा सामाजिक लेखा परिक्षण कार्यक्रममा रिलिफ परियोजनाले समुदाय स्तरमा सञ्चालन गरेका एक वर्ष भरिका कार्य प्रगती तथा आर्थिक दायित्वका बारेमा फिल्ड संयोजक पवन प्याकुरेलले जानकारी दिनु भएको थियो । पालिका स्तरीय सार्वजनिक सुनुवाइ तथा सामाजिक लेखा परिक्षण कार्यक्रममा लैगिक च्याम्पियन,अगुवा कृषक,व्यवसायिक पशुपालक ,अन्य विकास साझेदारका प्रतिनिधीहरु,समूहका अध्यक्ष,सचिव कोषाध्यक्ष ,परियोजनामा संलग्न कर्मचारीहरु लगायत ५१ जाको सहभागीता रहेको थियो ।
            484939952_1478762510192141_1031733154378749114_n.jpg

    पालिका स्तरीय सार्वजनिक सुनुवाइ तथा सामाजिक लेखा परिक्षण कार्यक्रममा परियोजनाले कृषि,पशु स्वास्थ्य, प्राविधिक सहयोग, समुहगत अन्तरक्रिया, जलवायु अनकुलन, कृषक पाठशाला लगायतका बारेमा ३२ वटा समुह मार्फत उत्दादन र उत्पादकत्व बृद्धि ,बजारीकरण तथा लैगिक तथा सामाजिक समावेशीकरणको बिषयमा केन्द्रित भई परियोजनाम संचालनमा रहेको फिल्ड संयोजक प्याकुरेलले बताउनु भयो ।

    सार्वजनिक सुनुवाइ कार्यक्रममा खनियाबास गाउँपालिकाका उपाध्यक्ष सेक्केमान तामाङले कृषि क्षेत्रको विकासमा परियोजनाले धेरै सहयोग गरेको बताउनु भयो । उपाध्यक्ष तामाङले आगामी दिनमा पनि यस्तै सहयोगको अपेक्षा गर्दै गाउँपालिका सहकार्य गर्न प्रतिवद्ध रहेको बताउनु भयो । उपाध्यक्ष तामाङले नयाँ र जलवायु उत्थानशील कृषि प्रविधिलाई अवलम्वन गरेर आयआर्जन बढाउन र जलवावायु परिवर्तनको असरलाई कम गर्ने कार्यमा सहयोग गर्न आग्रह गर्नु भयो । 

    484588873_1478761590192233_5817257720685272766_n.jpg


    प्रयास नेपाल धादिङका अध्यक्ष वीर बहादुर श्रेष्ठको अध्यक्षता रहेको कार्यक्रमा खनियाबास गाउँपालिका उपाध्यक्ष सेक्केमान तामाङ, प्रमुख प्रशासकिय अधिकृत छोइसाङ तामाङ, वडा नम्बर १ का अध्यक्ष सोनाम बहादुर तामाङ, वडा नम्बर ३ का कमानसिंह तामाङ, वडा नम्बर ४ का लिलामान तामाङ, वडा नम्बर ५ का रविन कुमार तामाङ, प्रशासन शाखा प्रमुख नवराज श्रेष्ठ, सामाजिक विकास शाखा प्रमुख दुर्गा शाही,पशु स्वास्थ्य शाखाका प्राविधिक अमृत तामाङ, कृषि शाखाका प्राविधिक जीवन तामाङ, महिला विकास तथा जेष्ठ नागरिक शाखा प्रमुख सन्ध्या भट्टराई,प्रयास नेपाल धादिङका कार्यकारी निर्देशक दामोदर अर्याल, आड्रा नेपालका फिल्ड अधिकृत दिलिपचन्द्र ढकाल,रिलिफ परियोजनाका फिल्ड संयोजक पवन प्याकुरेल लगायतको सहभागिता रहेको कार्यक्रमको सहजिकरण पत्रकार महासंघका निबर्तमान अध्यक्ष राजाराम शर्माले गर्नु भएको थियो ।

    485025284_1478761660192226_5225951682414758094_n.jpg

          त्यसै गरी पालिका स्तरिय परियोजना सल्लाहकार समिति बैठक समेत सम्पन्न भएको छ । सल्लाहकार समिति बैठकमा गएको वर्ष सञ्चालन भएका कार्यक्रमहरू समिक्षा तथा आगामी वर्षका लागि सञ्चालन हुने कार्यक्रमका बारेमा जानकारी, कृषि तथा पशुपालन, लैगिक तथा सामाजिक समावेशीकरण लगायत क्षेत्रमा संस्थाले गरेका कामका बारेमा जानकारी गराइएको प्रयास नेपाल धादिङका कार्यकारी निर्देशक दामोदर अर्याल बताउनु भयो ।

    images
    images
    images
    images
    प्रकाशित मिति :चैत्र ५, २०८१ मंगलवार - २१:४९:०३ बजे

    शिवराज आचार्य

    पत्रकार तथा सञ्चारकर्मी आचार्य नागरिकपाटीमा आवद्द हुनुहुन्छ ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology