आइतवार, श्रावण १० गते २०८३

Sunday, Jul 26 2026 आइतवार, श्रावण १० गते २०८३

कृषिमा आयात प्रतिस्थापन गर्न यान्त्रिकीकरणमा जोड दिँदैछौँ - मन्त्री अधिकारी

कृषिमा आयात प्रतिस्थापन गर्न यान्त्रिकीकरणमा जोड दिँदैछौँ - मन्त्री अधिकारी

नागरिक पाटी

९, चैत्र २०८१
  • 7.2K
    SHARES
  • कृषिमा आयात प्रतिस्थापन गर्न यान्त्रिकीकरणमा जोड दिँदैछौँ - मन्त्री अधिकारी

    कृषि तथा पशुपन्छी विकास मन्त्री रामनाथ अधिकारीले सरकार कृषिको यान्त्रिकीकरणमा जोड दिइरहेको बताएका छन् । नेपाल कृषि मेसिनरी व्यवसायी संघ ९नामिया० को नवौँ वार्षिक साधारणसभामा मन्त्री अधिकारीले कृषिको आयात प्रतिस्थापनका लागि कृषिको आधुनिकीकरण तथा व्यवसायिकीकरणमा सरकार योजनाबद्ध तरिकारले अगाडि बढेका बताए ।

    images

    ‘देश हरेक कुरामा परनिर्भर छ, आत्मनिर्भर हुन कृषिको विकास आवश्यक छ,’ उनले भने, ‘कृषिमा चाहेजति बजेट नभएकै कारण सोचेजस्तो काम गर्न सकिएको छैन ।’

    त्यसअघि आफ्नो धारणा राखेका नेपाल वाणिज्य महासंघका अध्यक्ष चन्द्र ढकालले सरकारले काम गरेजस्तो देखाए पनि त्यसको परिणाम नदेखिएको बताए । ‘प्रधानमन्त्री, कृषि मन्त्री, कृषि सचिवले काम गरेको देखाइरहेका हुन्छन् तर त्यसको नतिजा सकारात्मक देखिएको छैन,’ उनले भने, ‘सरकारले काम गर्न आफ्नो एटिच्युड ठिक हुनुपर्छ ।’ अर्थतन्त्रको मेरुदण्ड कृषि रहेको र यसलाई व्यावसायिक रूपले बढाउन निजी क्षेत्रले सरकारलाई सघाउने उनले बताए ।

    images
    images
    images
    प्रकाशित मिति :चैत्र ९, २०८१ शनिवार - १५:३८:१६ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology