शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

नेपाल अटोमेकानिक्स व्यवसायी महासंघको अध्यक्षमा भट्टराई र महासचिवमा त्रिपाठी चयन

नेपाल अटोमेकानिक्स व्यवसायी महासंघको अध्यक्षमा भट्टराई र महासचिवमा त्रिपाठी चयन

आशिष ठकुरी

११, चैत्र २०८१
  • 4.0K
    SHARES
  • नेपाल अटोमेकानिक्स व्यवसायी महासंघको अध्यक्षमा भट्टराई र महासचिवमा त्रिपाठी चयन

    नेपाल अटोमेकानिक्स व्यवसायी महासंघको अध्यक्षमा गोपाल भट्टराई सर्वसम्मत निर्वाचित हुनुभएको छ । चितवनमा भएको महासँघको १५ औँ साधारणसभा तथा छैटौँ महाधिवेशनबाट भट्टराईको अध्यक्षतामा समिती चयन भएको हो ।

    images
    images

    महासँघको बरिष्ठ उपाध्यक्षमा कुलबहादुर नेपाली, उपाध्यक्षमा टिकादत्त अधिकारी, ज्ञानु फौदार, मातृका सापकोटा र ज्योती भण्डारी चयन हुनुभएको छ । यस्तै महासचिवमा इन्द्रकुमार त्रिपाठी, सचिवमा तुल्सीराम न्यौपाने, कोषाध्यक्षमा बाबुराम आचार्य चयन हुनुभएको छ ।

    यस्तै महासँघको पुजा गैरे, अमृत सिङ वाइवा, रत्नराम बन्जारा, बाबुलाल पाण्डे, दिलिप पाठक, रविन रेग्मी सानुमान जलारी, सन्तोषकुमार मिश्र, रामबहादुर लोहनी, र मिनराज भुषाल सर्वसम्मत रुपमा चयन हुनुभएको छ ।

    auto1.jpg

    महासँघमा धादिङले १ पदाधिकारी र २ केन्द्रिय सदस्य पाएको छ । महासचिवमा सर्वसम्मत निर्वाचित इन्द्रकुमार त्रिपाठी र केन्द्रिय सदस्यमा निर्वाचित दिलिप पाठक, रविन रेग्मी धादिङका अटो व्यवसायी हुन् ।

    images
    images
    images
    images
    प्रकाशित मिति :चैत्र ११, २०८१ सोमवार - ०८:२४:१६ बजे

    आशिष ठकुरी

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology