आइतवार, श्रावण १० गते २०८३

Sunday, Jul 26 2026 आइतवार, श्रावण १० गते २०८३

गल्छी गाउँपालिकामा मनाईयो ६८औं राष्ट्रिय सहकारी दिवस

गल्छी गाउँपालिकामा मनाईयो ६८औं राष्ट्रिय सहकारी दिवस

नागरिक पाटी

२०, चैत्र २०८१
  • 5.1K
    SHARES
  • गल्छी गाउँपालिकामा मनाईयो ६८औं राष्ट्रिय सहकारी दिवस

    ६८औं राष्ट्रिय सहकारी दिवसको अवसरमा गल्छी गाउँपालिकामा विशेष कार्यक्रम सम्पन्न भएको छ। “मर्यादित सहकारी, समुन्नत समाज” भन्ने नाराका साथ आयोजित कार्यक्रममा विभिन्न सहकारी संस्थाका प्रतिनिधि तथा सदस्यहरूको उत्साहजनक सहभागिता रहेको थियो ।

    images

    गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नवीन गङतान लामाको अध्यक्षतामा सम्पन्न भएको उक्त कार्यक्रममा प्रमुख अतिथि गल्छी गाउँपालिकाका अध्यक्ष केदारनाथ खतिवडा रहनुभएको थियो भने विशेष अतिथि गल्छी गाउँपालिकाका उपाध्यक्ष भाईकाजी तिवारी रहनुभएको थियो । कार्यक्रममा गल्छी गाउँपालिकाका सम्पूर्ण सहकारीका प्रतिनिधि एवं सहकारी सदस्यहरूको सहभागिता रहेको थियो।

    कार्यक्रममा सहकारी क्षेत्रको विकास, सहकारी संस्थाहरूको पारदर्शिता, उत्तरदायित्व तथा सुशासनको आवश्यकता, सहकारीहरूलाई मर्यादित रूपमा सञ्चालन गर्ने उपायहरू तथा समुन्नत समाज निर्माणमा सहकारीको भूमिकाबारे व्यापक छलफल गरिएको छ ।

    कार्यक्रममा सहकारी संस्थाहरूले आफ्नो अनुभव तथा कार्यप्रगति प्रस्तुत गर्दै आगामी दिनहरूमा सहकारी गतिविधिहरूलाई अझ प्रभावकारी बनाउने प्रतिबद्धता व्यक्त गरेका छन् ।

    images
    images
    images
    प्रकाशित मिति :चैत्र २०, २०८१ बुधवार - २१:२३:२५ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology