धादिङको धुनिवेशी नगरपालिकाले ६८ औं राष्ट्रिय सहकारी दिवसको अवसरमा अन्तरक्रिया कार्यक्रम गरेको छ । मर्यादित सहकारी समुन्नत समाज भन्ने नाराको साथ भएको कार्यक्रममा सहकारीको वर्तमान अवस्थाः चुनौती र समाधान लगायत बिभिन्न विषयमा छलफल भएको हो ।
कार्यक्रममा पालिका भित्र रहेका सम्पूर्ण सहकारीहरुको सहभागिता रहेको कार्यक्रममा थियो । अन्तरक्रिया कार्यक्रम अघि सहकारीकर्मीहरु आ-आफ्नो सहकारीको ब्यानर र प्लेकार्ड सहित प्रभातफेरीमा सहभागी भएका थिए ।
सहकारी शाखाका प्रमुख अजित यादवले संचालन गर्नु भएको कार्यक्रममा धुनिबेशी नगरपालिकाका प्रबक्ता तथा वडा नम्बर ६ का वडा अध्यक्ष रमेश आचार्य, पुर्व उपप्रमुख निरु खरेल, धुनिबेशी सहकारी संघका अध्यक्ष बासु देब बास्कोटा, जिल्ला सहकारी संघका सदस्य प्रमिला पण्डित लगायत बिभिन्न सहकारी सँस्थाका अध्यक्ष, व्यबस्थापक, सदस्य लगायतको उपस्थिती रहेको थियो ।