धार्के,धादिङ । धादिङको थाक्रे ८ मा रहेको ब्लुमिङ लोटस इङलिस माध्यमिक विद्यालयले ३३ औं वार्षिकत्सव तथा अभिभावक दिवस मनाएको छ ।
वि।स २०४८ सालमा स्थापना भएको ब्लुमिङ लोटस इङलिस माध्यमिक विद्यालयले आज बुधबार सांस्कृतिक कार्यक्रम सहित ३३ औं वार्षिक उत्सव, अभिभावक दिवस तथा पुरस्कार वितरण गरेर मनाएको विद्यालयका प्रिन्सिपल सञ्जीव गजुरेलले बताउनु भयो ।
विद्यालयले कक्षा नर्सरी देखि कक्षा ९ सम्म अध्ययन गरी वार्षिक परिक्षामा प्रथम, द्धितिय, तृतिय हुने विद्यार्थीहरुलाई पुरस्कार वितरण गरेको प्रिन्सिपल गजुरेलले भनाइ छ । अतिरिक्त क्रियाकलापमा सहभागि भएका विद्यार्थीहरुलाई पुरस्कार,मेडल र प्रमाण पत्र समेत वितरण गरिएको छ।

त्यसै गरी पालिका स्तरिय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा प्रथम, द्धितिय, तृतिय र सहभागिता जनाएका विद्यार्थीहरुलाई मेडल वितरण गरिएको छ । विद्यालयले व्यवस्थापन समितिले अध्यायपन गराउँदै आएका शिक्षकहरुलाई सम्मान गरेको प्रिन्सिपल गजुरेलले बताउनु भयो । कार्यक्रमा विद्यालयका नर्सरी देखि कक्षा ९ सम्मका विद्यार्थीहरुले विभिन्न किसिमका सांस्कृतिक प्रस्तुती देखाएका थिए।
विद्यालयका संस्थापक राधाकृष्ण अर्यालको अध्यक्षता रहेको कार्यक्रममा थाक्रे गाउँपालिका उपाध्यक्ष यन्त्र बहादुर थापा(जिन्दगी), वडा अधयक्ष हिरा बहादुर थापा (राजेन्द्र) वडा नम्बर ८ का वडा सदस्य राजकुमार गुरुङ,शिक्षक,विद्यार्थी,अभिभावक लगायतको उपस्थिति रहेको थियो ।