आइतवार, श्रावण १० गते २०८३

Sunday, Jul 26 2026 आइतवार, श्रावण १० गते २०८३

हैदराबादको एक भवनमा आगलागी, १७ जनाको मृत्यु

हैदराबादको एक भवनमा आगलागी, १७ जनाको मृत्यु

नागरिक पाटी

४, जेठ २०८२
  • 3.4K
    SHARES
  • हैदराबादको एक भवनमा आगलागी, १७ जनाको मृत्यु

    भारतको तेलंगाना राज्यको हैदराबादस्थित चारमिनार नजिक रहेको एक भवनमा भएको आगलागीमा १७ जनाको मृत्यु भएको छ । बीबीसी हिन्दीले दक्षिण जोनका डीसीपी स्नेहा मेहरालाई उद्धृत गर्दै उल्लेख गरेको समाचार अनुसार १७ जनाको मृत्यु भएको हो ।

    images

    भारतको प्रधानमन्त्री कार्यालयले सामाजिक सञ्जालमाध्यम एक्समा गरेको एक पोस्टमा उक्त घटनाप्रति शोक व्यक्त गरिएको छ । साथै, प्रधानमन्त्री कार्यालयले मृतक परिवारका सदस्यहरूलाई प्रधानमन्त्री राष्ट्रिय राहत कोषबाट दुई लाख रुपैयाँ क्षतिपूर्ति दिइने बताएको छ । यसैबीच तेलंगाना राज्यका मुख्यमन्त्री रेवन्त रेड्डीले पनि यस घटनामा शोक व्यक्त गरेका छन् ।

    भारतको समाचार संस्था पीटीआईका अनुसार बिहान करिब ६ः३० बजे फोन आएपछि उनीहरू घटनास्थलमा पुगेका र आगलागी पीडितहरूलाई गम्भीर अवस्थामा अस्पताल लगिएको उल्लेख गरेको छ ।

    images
    images
    images
    प्रकाशित मिति :जेठ ४, २०८२ आइतवार - १४:५६:५१ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology