आइतवार, श्रावण १० गते २०८३

Sunday, Jul 26 2026 आइतवार, श्रावण १० गते २०८३

दृष्टि आई केयरद्धारा मायोपिया नियन्त्रणका लागि साताव्यापी अभियान सुरु

दृष्टि आई केयरद्धारा मायोपिया नियन्त्रणका लागि साताव्यापी अभियान सुरु

नागरिक पाटी

५, जेठ २०८२
  • 6.1K
    SHARES
  • दृष्टि आई केयरद्धारा मायोपिया नियन्त्रणका लागि साताव्यापी अभियान सुरु

    मायोपिया (दृष्टि दोष) नियन्त्रणका लागि दृष्टि आई केयरको साताव्यापी अभियान सुरु भएको छ । विश्वभर तीव्र गतिमा बढीरहेको मायोपिया प्रति आमनागरिकमा सचेतना जगाउन दृष्टि आई केयर सिस्टमले जेष्ठ ५ देखि ११ गतेसम्मका लागि “मायोपिया जनचेतना सप्ताह” को अभियान सुरु गरेको हो । दृष्टिको काठमाण्डौ, विरगञ्ज र बिर्तामोड शाखाहरुबाट सञ्चालन हुने अभियान अन्तरगत विविध जनचेतना मूलक कार्यक्रमहरु आयोजना गरिने भएको छ ।

    images

    यसौबिच अभियानको अवसरमा जेठ १० गते शनिवार विहान ७ बजे दृष्टि आई केयर सिस्टमका तीनवटै शाखाहरु काठमाडौ कलंकी, विरगञ्ज र विर्तामोडबाट एकैसाथ मायोपिया जनचेतना ¥यालीको आयोजना गरिएको छ । ¥यालीमा आँखा स्वास्थ्य सँग सम्बन्धीत संघ संस्था, सरकारी तथा गैरसरकारी निकायका प्रतिनिधि, स्वास्थ्यकर्मी, युवा विद्यार्थी र स्थानीय समुदायको सहभागीता रहने दृष्टिले बताएको छ । सप्ताह अन्तरगत सामुदायिक विद्यालयहरुमा स्कूल स्क्रिनिङ शिविर सञ्चालनगरिने छ । शिविरमा परीक्षण गरिएका विद्यार्थीहरुलाई दृष्टिआई केयरका सबै शाखाहरुमा निःशुल्क रुपमा विस्तृत परीक्षण सेवा प्रदान गरिने बताइएको छ ।

    दृष्टिले अभियान भित्र १७ बर्षसम्मका सबै विद्यार्थीहरुले अग्रिम नामदर्ता गराई आँखा परीक्षण गर्न आउने सबैलाई निःशुल्क सेवा उपलब्ध गराउने जानकारी दिएको छ । साथै चस्मा तथा मायोपिया नियन्त्रणका विशेष लेन्सहरुमा छुट दिने बताएको छ । समयमै परीक्षण र नियन्त्रण नभए बालबालिका र युवाहरुका बीचमा यो मायोपिया विश्वव्यापी रुपमै प्रमुख चुनौति बन्दै आएको छ । विश्व स्वास्थ्य संगठनले सन् २०५० सम्म विश्वको आधा जनसंख्यामा यो पियाबाट प्रभावित हुने अनुमान गरेको छ । यही अवस्थालाई ध्यान दिँदै मायोपिया रोकथाम र उपचारका उपायाहरुबारे जानकारी दिने उदेश्यका साथ साता व्यापी कार्यक्रम आयोजना गरिएको कार्यकारी निर्देशक डा. भाईराजा श्रेष्ठले बताउनुभयो । डा. श्रेष्ठले दृष्टिआई केयरको वेबसाईट https://drishtieye.org/ मा रहेको क्याल्कुलेटरको माध्यमबाट सबैले निःशुल्क रुपमा आफ्नो र आफ्ना बालबालिकाको मायोपिया जोखिमको अवस्था थाहा पाउन सकिने बताउनु भयो ।

    मायोपिया विशेषज्ञ दीपक घिमिरेका अनुसार “मायोपिया अब सामान्य दृष्टिदोष मात्र नभई दीर्घकालिन दृष्टि गुमाउने कारक बन्दै गएको छ, त्यसैले यसप्रति सचेतना आवश्यक छ ।”

    images
    images
    images
    प्रकाशित मिति :जेठ ५, २०८२ सोमवार - १३:२३:१२ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology