धादिङ । शिक्षकहरुलाई एकीकृत पाठ्यक्रम सम्बन्धि ३ दिने क्लस्टर तहको तालिम धादिङको बेनीघाट रोराङ गाउँपालिकाको वार्ड न ८ को चैलिङ्गमा सम्पन्न भएको छ ।
बिहिबार देखि सुरु भएको तालिम आज शनिबार १० गते सम्म सञ्चालन भएको थियो। शिक्षामा पहुँच सुनिश्चितता परियोजना अन्तर्गत ८ नम्बर वडामा रहेका ७ वटा विद्यालयका कक्षा १–३ मा अध्यापनरत १९ जना शिक्षकहरुको सहभागिता रहेको थियो ।

एकीकृत पाठ्यक्रमको सैद्धान्तिक जानकारी, शिक्षण विधिका ८ वटा चरणहरु, बालमैत्री शिक्षण शिकाइ, म गर्छु, हामी गर्छौ र तिमी गर भन्ने विधिका बारेमा सहजकर्ता योगेन्द्र चापागाईं जानकारी गराउनु भएको थियो। एकीकृत पाठ्यक्रमको क्रियाकलापमा आधारित भएर शिक्षण गर्नुपर्ने सहजकर्ता चापागाईंको भनाई छ ।
तालिम चाइल्डफन्ड जापानको आर्थिक तथा प्राविधिक सहयोगमा बेनिघाट रोराङ गाउँपालिकाको समन्वयमा प्रयास नेपाल धादिङले सेफ परियोजना सञ्चालन गर्दै आएको छ । भोलिबाट वडा नम्बर ६ मा तीन दिन तालिम सञ्चालन हुने सेफ परियोजनाका प्रबन्धक सन्तोष सत्याल बताउनु भयो।
कार्यक्रममा प्रयास नेपाल धादिङका अध्यक्ष विर बहादुर श्रेष्ठ,सेफ परियोजनाका प्रबन्धक सन्तोष सत्याल, कालिका माध्यमिक विद्यालयका शिक्षकहरु लगायतको सहभागिता रहेको थियो।