बुधवार, मंसिर २ गते २०८३

Wednesday, Nov 18 2026 बुधवार, मंसिर २ गते २०८३

माध्यमिक तहको अध्यापन अनुमतिपत्रका लागि आवेदन खुल्यो

माध्यमिक तहको अध्यापन अनुमतिपत्रका लागि आवेदन खुल्यो

नागरिक पाटी

१, मंसिर २०८३
  • 1.1K
    SHARES
  • माध्यमिक तहको अध्यापन अनुमतिपत्रका लागि आवेदन खुल्यो

    शिक्षक सेवा आयोगले माध्यमिक तहको अध्यापन अनुमतिपत्र परीक्षाका लागि आवेदन खुलाएको छ । आयोगले मंगलबार एक सूचना प्रकाशित गर्दै न्यूनतम योग्यता पुगेका इच्छुक उम्मेदवारबाट मंसिर ७ गतेदेखि अनलाइन दरखास्त आह्वान गरेको हो ।

    images

    उम्मेदवारले आयोगको अनलाइन दरखास्त प्रणालीमार्फत पुस ७ गते राति १२ बजेसम्म एकल दस्तुरमा आवेदन दिन सक्नेछन् । सो अवधिमा आवेदन दिन नसक्नेले दोब्बर दस्तुर तिरेर पुस १४ गते राति १२ बजेसम्म दरखास्त पेस गर्न सक्ने आयोगले जनाएको छ ।

    आवेदन दिँदा उम्मेदवारले नागरिकताको हालसालै खिचेको फोटो, दस्तखतको नमुना, न्यूनतम योग्यताको लब्धाङ्कपत्र र तालिमको प्रमाणपत्रलगायत आवश्यक विवरण तथा कागजात अनलाइन फाराममा अपलोड गर्नुपर्नेछ । परीक्षासम्बन्धी विस्तृत विवरण आयोगको वेबसाइटमा रहेको सूचनामा उल्लेख छ ।

    images
    images
    images
    images
    प्रकाशित मिति :मंसिर १, २०८३ मंगलवार - ०८:०८:३८ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology