शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

धादिङको बेनीघाट रोराङको स्यादुलमा एकीकृत पाठ्यक्रम सम्बन्धि तालिम सम्पन्न

धादिङको बेनीघाट रोराङको स्यादुलमा एकीकृत पाठ्यक्रम सम्बन्धि तालिम सम्पन्न

शिवराज आचार्य

१३, जेठ २०८२
  • 6.9K
    SHARES
  • धादिङको बेनीघाट रोराङको स्यादुलमा एकीकृत पाठ्यक्रम सम्बन्धि  तालिम सम्पन्न

    धादिङ । शिक्षकहरुलाई एकीकृत पाठ्यक्रम सम्बन्धि ३ दिने क्लस्टर तहको तालिम धादिङको बेनीघाट रोराङ गाउँपालिकाको वार्ड नम्बर ६ को स्यादुलमा सम्पन्न भएको छ ।

    images
    images

    आइतबार देखि सुरु भएको तालिम आज मंगलबार १३ गते सम्म सञ्चालन भएको थियो। शिक्षामा पहुँच सुनिश्चितता परियोजना अन्तर्गत ६ नम्बर वडामा रहेका ५ वटा विद्यालयका कक्षा १–३ मा अध्यापनरत १७ जना शिक्षकहरुको सहभागिता रहेको थियो ।तालिममा एकीकृत पाठ्यक्रमको सैद्धान्तिक जानकारी, शिक्षण विधिका ८ वटा चरणहरु, बालमैत्री शिक्षण शिकाइ, म गर्छु, हामी गर्छौ र तिमी गर भन्ने विधिका बारेमा सहजकर्ता योगेन्द्र चापागाईं जानकारी गराउनु भएको थियो। एकीकृत पाठ्यक्रमको क्रियाकलापमा आधारित भएर शिक्षण गर्नुपर्ने सहजकर्ता चापागाईंको भनाई छ ।

    WhatsApp Image 2025-05-27 at 22.06.16_66478145.jpg

    तालिम चाइल्डफन्ड जापानको आर्थिक तथा प्राविधिक सहयोगमा बेनिघाट रोराङ गाउँपालिकाको समन्वयमा प्रयास नेपाल धादिङले सेफ परियोजना सञ्चालन गर्दै आएको छ ।

    WhatsApp Image 2025-05-27 at 22.05.50_93646553.jpg

    यस अगाडी वडा नम्बर ८ र १० मा तीन दिन तालिम सञ्चालन भएको सेफ परियोजनाका प्रबन्धक सन्तोष सत्याल बताउनु भयो।कार्यक्रममा प्रयास नेपाल धादिङका अध्यक्ष विर बहादुर श्रेष्ठ, वडा नम्बर ६ का वडा अध्यक्ष टेकनाथ सिलवाल,सहजकर्ता योगेन्द्र चापागाईं,सेफ परियोजनाका प्रबन्धक सन्तोष सत्याल, पञ्चकन्या माध्यमिक विद्यालयका प्रधानाध्यापक कुष्ण प्रसाद सिल्वाल अन्य शिक्षकहरु लगायतको सहभागिता रहेको थियो।

    images
    images
    images
    images
    प्रकाशित मिति :जेठ १३, २०८२ मंगलवार - २२:१०:३५ बजे

    शिवराज आचार्य

    पत्रकार तथा सञ्चारकर्मी आचार्य नागरिकपाटीमा आवद्द हुनुहुन्छ ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology