आइतवार, श्रावण १० गते २०८३

Sunday, Jul 26 2026 आइतवार, श्रावण १० गते २०८३

जलवायु कृषक पाठशाला सहजकर्ता तालिम सम्पन्न

जलवायु कृषक पाठशाला सहजकर्ता तालिम सम्पन्न

नागरिक पाटी

२९, जेठ २०८२
  • 3.4K
    SHARES
  • जलवायु कृषक पाठशाला सहजकर्ता तालिम सम्पन्न

    जलवायु कृषक पाठशाला सहजकर्ता त प्रशिक्षक प्रशिक्षण ५ दिने तालिम बुधबार सम्पन्न भएको छ ।

    images

    खनियावास र गंगाजमुना गाउँपालिकाको समूहबाट छनौट भई आएका अगुवा कृषकहरुको लागि प्रयास नेपाल धादिङ र आड्रा नेपालको साझेदारी संञ्चालन रहेको उतथानशील जिविकोपार्जन तथा खाद्य सुरक्षा सुढृढीकरण परियोजनाको आयोजनामा तालीम गरिएको प्रयास नेपाल धादिङका परियोजना फिल्ड संयोजक सुरज खनालले जानकारी दिनु भयो ।

    तालिममा कृषक पाठशालाको परिचय, अवधारणा, उदेश्य, जलबायु मैत्री, कृषक पाठशाला , माटो गुणहरु, बिरुवाका आवश्यक खाद्यतत्वहरु, कमिका लक्षणहरु,नर्सरीको परिचय,गुणस्तरीय बिउ, बिउको छनौट, जमिनको रेखाङ्कन लगायतका विषयमा प्रशिक्षक चिरन अधिकारी सहजिकरण गर्नु भएको प्रयास नेपाल धादिङका प्रशासन तथा लजिष्टिक सहायक राममाया तामाङले जानकारी दिनु भयो । यसैगरी बिभिन्न बेमौसी तरकारी उत्पादन, लाग्ने किराहरु पचिचान तथा व्यवस्थापन , मित्रुजिवहरु , रासायनिक बिषाधी,यसको नकारात्मक असरहरु, जैविक बिषाधी, झोलमोल, किराको बर्गिकरण , कृषक पाठशालामा गरिने परिक्षणहरु र संचालन विधी प्रक्रियाका बिषयमा पनि सहजिकरण गर्नु भएको पनि लजिष्टिक सहायक तामाङले जानकारी दिनु भयो ।

    bcc863ba-8359-4f73-9dae-88186659fe72.jpg


    तालिम पछि अगुवा कृषकहरुले आफ्नो समुहमा मौसमी तथा बेमौसमी खेतीमा बाली पात्रो अनुसार कृषकहरुको ८० वटा कृषक समुहका खेतबारीमा नै जलबायु कृषक पाठशाला संचालन गरि कृषकहरुलाई उत्पादन र उत्पादकत्व बृद्धिका बिषयमा ज्ञान तथा सीप प्रदान गर्नु हुने प्रयास नेपाल धादिङका कार्यकारी निर्देशकले बताउनु भयो । प्रशिक्षक प्रशिक्षण तालीममा २५ जना कृषकहरु र परियोजनाका प्राविधिक कर्मचारी सहित ३० जनाको सहभागीता रहेको थियो । तालिममा आड्रा नेपालका जिविकोपार्जन टिम लिडर कविररत्न स्थापित , कार्यक्रम व्यवस्थापक सुरज आचार्य, प्रयास नेपाल धादिङका अध्यक्ष विर बहादुर श्रेष्ठ, कार्यकारी निर्देशक दामोदर अर्याल ,अनुगमन समिति संयोजक कपिलदेव सापकोटा प्रयास नेपालका सदस्य रुपा कट्टेल, परियोजनामा कार्यरत कर्मचारीहरुको उपस्थिति रहेको सामुदायिक सहजकर्ता रोजिना तामाङले जानकारी दिनु भयो ।

    images
    images
    images
    प्रकाशित मिति :जेठ २९, २०८२ बिहिवार - ११:०४:३९ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology