धादिङ जिल्ला पूर्ण खोप सुनिश्चितता तथा दिगोपना प्रमाणिकरण भएको छ । बुधबार धादिङबेसीमा एक कार्यक्रमका बिच बागमति प्रदेशमै पहिलो पटक धादिङ जिल्ला स्तरीय पूर्ण खोप सुनिश्चितता तथा दिगोपना प्रमाणीकरण घोषणा गरिएको हो ।
कार्यक्रममा बागमति प्रदेशको स्वास्थ्य मन्त्रालयले जिल्लालाई प्रमाणपत्र दिदै औपचारिक रूपमा प्रतिबद्धता पत्रमा हस्ताक्षर गर्दै यो महत्वपूर्ण उपलब्धिको घोषणा गरिएको हो ।
बागमती प्रदेशका स्वास्थ्य तथा जनसंख्या मन्त्री किरण थापाले पूर्ण खोप सुनिश्चितता तथा दिगोपना प्रमाणीकरण सभालाई सम्बोधन गर्दै पूर्ण खोप सुनिश्चितता अभियानमा धादिङले देखाएको सक्रियता र नेतृत्वको प्रशंसा गर्नुभयो ।
प्रदेशका अन्य जिल्लाहरूका लागि प्रेरणादायक उपलब्धि धादिङले देखाएको भन्दै मन्त्री थापाले तीनै तहको सरकारको सहकार्य बिना दिगो सुधार सम्भव नरहनेमा जोड दिनुभयो ।
प्रदेश सरकारले स्वास्थ्यको सबै क्षेत्रलाई आवश्यकता र समानताको आधारमा बजेट विनियोजन गर्दै आएको स्पष्ट पार्नुभयो ।
नीतिगत निर्णय, नेतृत्व र स्थानीयस्तरमा खोप सेवा विस्तारमा देखिएको समर्पणलाई उच्च मूल्याङ्कन अभियान सफल बनाउन उल्लेखनीय भूमिका निर्वाह गर्ने पालिका प्रमुखहरू, स्वास्थ्य शाखा प्रमुखहरू र अन्य सरोकारवालाहरूलाई मायाको चिनो सहित सम्मान गरिएको छ ।