शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

गल्छी गाउँपालिकाद्धारा ७३ करोड ४५ लाख बढिको बजेट प्रस्तुत

गल्छी गाउँपालिकाद्धारा ७३ करोड ४५ लाख बढिको बजेट प्रस्तुत

आशिष ठकुरी

१०, आषाढ २०८२
  • 5.7K
    SHARES
  • गल्छी गाउँपालिकाद्धारा ७३ करोड ४५ लाख बढिको बजेट प्रस्तुत

    धादिङको गल्छी गाउँपालिकाले आर्थिक वर्ष २०८२/०८३ का लागि ७३ करोड ४५ लाख बढिको बजेट प्रस्तुत गरेको छ । मँगलबार पालिकाकै सभाहलमा भएको गाउँसभाको १३ औँ अधिवेशनमा आर्थिक वर्ष २०८२/०८३ का लागि ७३ करोड ४५ लाख २६ हजार ५ सय २५ रुपैँयाको अनुमानित बजेट प्रस्तुत गरिएको हो ।

    images
    images
    2.jpg

    प्रस्तुत बजेट मध्ये आन्तरिक आय स्रोतबाट २० करोड १८ लाख ५८ हजार ९ सय ५० रुपैँया, यस्तै सँघिय सरकारको वित्तिय समानिकरण अनुदान तर्फ १३ करोड ५२ लाख, राजश्व बाँडफाँडबाट ८ करोड ६६ लाख ५१ हजार, समपुरक अनुदान तर्फ ४० लाख, सर्शत अनुदान तर्फ २० करोड ४ लाख रहेको छ । यस्तै प्रदेश सरकारको वित्तिय समानिकरण तर्फ १ करोड ४३ लाख ४० हजार, प्रदेश सरकारको राजश्व बाँडफाँडबाट ३ करोड २८ लाख ५५ हजार, ५ सय ५५ रुपैँया, प्रदेश समपुरक अनुदानतर्फ २ करोड २४ लाख, प्रदेश विशेष अनुदान तर्फ ७० लाख प्रदेश सरकार ससर्त अनुदान २ करोड ३१ लाख ७२ हजारको अनुमान गरिएको छ ।

    4.jpg

    अधिवेशनमा उपाध्यक्ष भाइकाजी तिवारीले प्रस्तुत गर्नुभएको बजेटमा आर्थिक विकास तर्फ १ करोड ६९ लाख १० हजार, सामाजिक विकास तर्फ ६ करोड ९६ लाख २१ हजार, पुर्वाधार विकास तर्फ २१ करोड ८७ लाख, बन वातावरण तथा विपद् व्यवस्थापन तर्फ ६३ लाख र सँस्थागत तथा सुशासन तर्फ १ करोड २० लाख रुपैँया विनियोजन गरिएको हो ।

    3.jpg

    अधिवेशनमा बजेट प्रस्तुत भएपनि पारित अर्को बैठकमा गरिने गाउँपालिका अध्यक्ष केदारनाथ खतिवडाले बताउनुभयो । बजेट प्रस्तुत हुनु भन्दा अघि गाउँपालिका अध्यक्ष खतिवडाले नीति तथा कार्यक्रम प्रस्तुत गर्नुभएको थियो । निती तथा कार्यक्रम भने सभा मार्फत पारित गरिएको छ ।

    धादिङको गल्छी गाउँपालिकाले आर्थिक वर्ष २०८२र०८३ का लागि सार्वजनिक गरेको नीति तथा कार्यक्रममा कृषि, पर्यटन, शिक्षा, स्वास्थ्य र पूर्वाधार विकासलाई प्राथमिकता दिएको छ। गाउँपालिकाले स्थानीय उत्पादनलाई प्रवर्द्धन गर्ने, रोजगारी सिर्जना गर्ने, स्तरीय स्वास्थ्य सेवा विस्तार गर्ने र डिजिटल प्रविधिको प्रयोगलाई बढाउने उल्लेख गरिएको छ। साथै, वातावरण संरक्षण र दिगो विकासका कार्यक्रम पनि समावेश गरिएको छ।

    images
    images
    images
    images
    प्रकाशित मिति :आषाढ १०, २०८२ मंगलवार - २१:०६:५१ बजे

    आशिष ठकुरी

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology