शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

धादिङबाट ६२.७५ प्रतिशत विद्यार्थी उर्तीण,८ जनाले ल्याए ४ जीपीए

धादिङबाट ६२.७५ प्रतिशत विद्यार्थी उर्तीण,८ जनाले ल्याए ४ जीपीए

नागरिक पाटी

१४, आषाढ २०८२
  • 5.9K
    SHARES
  • धादिङबाट ६२.७५ प्रतिशत विद्यार्थी उर्तीण,८ जनाले  ल्याए ४ जीपीए

    धादिङ । यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा सार्वजनिक भएको छ । धादिङ जिल्लाभरबाट ६२ दशमलव ७५ प्रतिशत विद्यार्थी उर्तीण भएका छन् ।

    images
    images

    उत्तीर्ण विद्यार्थीहरुमध्ये ८ जना विद्यार्थीले ४ जीपीए ल्याएका छन् । ४ जीपीए ल्याउनेमा सामुदायिक विद्यालयहरुबाट ५ जना विद्यार्थीहरु रहेका छन् भने ३ जना सामुदायिक विद्यालयबाट रहेका छन् ।

    सामुदायिक विद्यालयतर्फ नीलकण्ठ ३ धादिङवेशीमा रहेको नीलकण्ठ बालमन्दिर माविबाट सन्ध्या तिमल्सिना, नीलकण्ठ ७ तल्लोबेशीमा रहेको सुनौलोभैरवी माविबाट प्रशंषा श्रेष्ठ, गजुरीको गजुरी पिडा माविबाट ईश्वर भण्डारी, र गल्छीको मास्टारमा रहेको जनकल्याण माविबाट २ जना समृद्धि ढकाल र सौरभी वाग्ले रहेका छन् ।

    त्यसै गरी निजी विद्यालयहरुबाट धादिङवेशीमा रहेको न्यु किवो बोर्डिङ स्कुलबाट २ जना आयुष शर्मा र समिर भण्डारी र चिल्डेनपार्क बोर्डिङबाट प्रिसिला तामाङ रहेका छन् ।

    त्यसै गरी धादिङ जिल्लाबाट ५ हजार ४७५ जनाले परिक्षा दिएका थिए । शिक्षा विकास तथा समन्वय इकाई धादिङका अनुसार यस वर्ष एसईई परीक्षामा धादिङका सामुदायिकबाट १ सय ३४, संस्थागतबाट १८ र प्राईभेट २ वटा बिद्यालयबाट नियमिततर्फ ४ हजार ३ सय ४७, प्राविधिकतर्फ १ सय ६४, ग्रेड वृद्धितर्फका ९ सय ३२ र खुल्ला तर्फ ३२ जना एसईईमा सहभागी थिए ।

    यो वर्षको देशभरको नतिजामा ६१ दशमलव ८१ प्रतिशत विद्यार्थी ग्रेडेड अर्थात् उत्तीर्ण भएका छन्। 

    images
    images
    images
    images
    प्रकाशित मिति :आषाढ १४, २०८२ शनिवार - १९:३६:१० बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology