आइतवार, श्रावण १० गते २०८३

Sunday, Jul 26 2026 आइतवार, श्रावण १० गते २०८३

धादिङको पर्यटन प्रवर्द्धनमा सरोकारवालाको जोड

धादिङको पर्यटन प्रवर्द्धनमा सरोकारवालाको जोड

नागरिक पाटी

३१, आषाढ २०८२
  • 2.5K
    SHARES
  • धादिङको पर्यटन प्रवर्द्धनमा सरोकारवालाको जोड

    धादिङको पर्यटन प्रवर्द्धनका लागि सरोकारवाला निकायले चासो दिएका छन् । धादिङको सम्भाव्यता र चुनौतीका विषयमा व्यवसायी तथा सरोकारवाला निकायबिच छलफल गरिएको हो ।

    images

    बागमती प्रदेश सरकार, संस्कृति तथा पर्यटन मन्त्रालय अन्तर्गतको पर्यटन कार्यालय सौराहाले कार्यक्रमको आयोजना गरेको हो । कार्यक्रममा सहभागीहरुले जिल्लाको पर्यटन प्रवर्द्धनमा राज्यको भूमिका, पूर्वाधार विकास, नीति निर्माण र प्रचारप्रसारको आवश्यकता बारे महत्वपूर्ण सुझावहरू प्रस्तुत गरेका छन् । त्यस्तै, दोहोरो कर र दर्ता प्रक्रिया लगायतका झन्झट हटाइ सहज बनाउन समेत आग्रह गरेका छन् ।

    कार्यक्रममा जिल्लाभित्र पर्यटन सम्भावना, पूर्वाधार विकास, सेवा प्रवाह, नीति निर्माण, लगानीको अवसर, प्रचारप्रसारलगायत विषयमा पनि गहन छलफल गरिएको छ ।

    सहभागीहरुले धादिङमा धार्मिक, प्राकृतिक, सांस्कृतिक तथा साहसिक पर्यटनको अपार सम्भावना रहेकाले त्यसलाई व्यवस्थित ढंगले प्रवर्द्धन गर्न राज्य, निजी क्षेत्र र समुदायबीच सहकार्य आवश्यक रहेको समेत जोड दिएका छन् ।

    कार्यक्रमले स्थानीय तह, प्रदेश सरकार र निजी क्षेत्रबीच समन्वयमा आधारित योजना बनाउने दिशामा सकारात्मक संकेत दिएको आयोजकले जनाएको छ । सुझावलाई सकारात्मक रुपमा लिदैँ अन्तरक्रिया कार्यक्रमले धादिङ जिल्लामा दिगो र समावेशी पर्यटन विकासको दिशामा सरोकारवालाबीच समन्वय र साझा कार्ययोजनाको आधार तयार गरेको बताइएको छ ।

    images
    images
    images
    प्रकाशित मिति :आषाढ ३१, २०८२ मंगलवार - ०८:४३:२३ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology