वाग्मती सरकारका खानेपानी, ऊर्जा तथा सिँचाइमन्त्री श्यामबहादुर खड्काले राजीनामा दिएका छन् । नेपाली कांग्रेसबाट मन्त्री बनेका खड्काले मुख्यमन्त्री बहादुरसिंह लामालाई भेटेर राजीनामा बुझाएका हुन् ।
संसदीय दलको नेता हटाउन सुरु भएको वाग्मती कांग्रेसको आन्तरिक संघर्ष उत्कर्षमा पुगेको छ । ०७९ मा संसदीय दलको नेतामा लामासँग पराजित भएका बानियाँ अहिले सांसदहरूलाई आफूतिर तानेर संसदीय दलको नेता फेर्ने कसरतमा छन् । यसअघि, साउन ९ गते वाग्मतीका चार मन्त्रीले राजीनामा दिएका थिए । वाग्मतीमा कांग्रेसका जम्मा ३७ सदस्य छन् ।