शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

बेनीघाट रोराङका ६८.७३ प्रतिशत विद्यार्थी कक्षा १२ को परीक्षामा उत्तीर्ण

बेनीघाट रोराङका ६८.७३ प्रतिशत विद्यार्थी कक्षा १२ को परीक्षामा उत्तीर्ण

नागरिक पाटी

२०, श्रावण २०८२
  • 6.2K
    SHARES
  • बेनीघाट रोराङका ६८.७३ प्रतिशत विद्यार्थी कक्षा १२ को परीक्षामा उत्तीर्ण

    कक्षा १२ को परीक्षामा बेनीघाट रोराङ गाउँपालिकाका ६८.७३ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन् । हालै सार्वजनिक भएको नतिजा अनुसार बेनीघाट रोराङका कुल ३२३ जनामध्ये २२२ विद्यार्थी उत्तीर्ण भएका हुन् ।

    images
    images

    नतिजा अनुसार ब्राइटफ्युचर मावि (मलेखु) शतप्रतिशत विद्यार्थी उत्तीर्ण गराउन सफल भएको छ । यस माविबाट परीक्षामा सहभागी भएका १० जनामध्ये १० जना नै उत्तीर्ण भएका छन् ।

    त्यसैगरी शंखादेवी मावि, मझिमटारका ३९ जनामध्ये ३५ जना, अर्थात् ८९.७४ प्रतिशत, राष्ट्रिय मावि, खोरभञ्ज्याङका १४ जनामध्ये ११ जना अर्थात् ७८.५७ प्रतिशत, बागेश्वरी मावि, रिचोकटारका १७० जनामध्ये १२५ जना अर्थात् ७३.५३ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन् ।

    त्यस्तै पिपलभञ्ज्याङ मावि, ताल्तीका १७ जनामध्ये ११ जना अर्थात् ६४.७१ प्रतिशत र चन्द्रोदय मावि, विशालटारका ७३ जनामध्ये ३० जना अर्थात् ४१.१० प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन् ।

    यस वर्ष समग्र राष्ट्रिय नतिजालाई हेर्दा कुल ६१.१७ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन् । बेनीघाट रोराङको नतिजा राष्ट्रिय नतिजाभन्दा राम्रो देखिएको छ ।

    images
    images
    images
    images
    प्रकाशित मिति :श्रावण २०, २०८२ मंगलवार - १४:३६:१४ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology