शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

धुनिवेशीको ६५.७३ प्रतिशत विद्यार्थी कक्षा १२ को परिक्षामा उत्तीर्ण, कुन विद्यालयको अवस्था के ?

धुनिवेशीको ६५.७३ प्रतिशत विद्यार्थी कक्षा १२ को परिक्षामा उत्तीर्ण, कुन विद्यालयको अवस्था के ?

आशिष ठकुरी

२०, श्रावण २०८२
  • 8.4K
    SHARES
  • धुनिवेशीको ६५.७३ प्रतिशत विद्यार्थी कक्षा १२ को परिक्षामा उत्तीर्ण, कुन विद्यालयको अवस्था के ?

    कक्षा १२ को परीक्षामा धुनिवेशी नगरपालिकाको ६५.७३ प्रतिशत विद्याथी उत्तीर्ण भएका छन् । सार्वजनिक नतिजा अनुसार उक्त पालिकाको कुल १७८ जनामध्ये ११७ जना विद्यार्थी उत्तीर्ण भएका हुन् । परिक्षामा ६१ जना अनुतिर्ण भएका छन् ।

    images
    images

    नतिजा अनुसार महेशधर्म माध्यमिक विद्यालयबाट परिक्षामा २१ जना सहभागी भएकोमा १८ जना अर्थात ८५.७१ प्रतिशत विद्यार्थी उतीर्ण भएका छन् ।

    यसैगरी महेन्द्रोदय माविबाट ३४ जना मध्ये २५ जना अर्थात ७३.५२ प्रतिशत, मच्छिन्द्र माविबाट ४० जना मध्ये २९ जना अर्थात ७२.५ प्रतिशत, धुनिवेशी आवासिय माविबाट ४७ जना मध्ये ३२ जना अर्थात ६८.०८ प्रतिशत र भुवनेश्वरी माविबाट ३६ जना मध्ये १३ जना अर्थात ३६.११ प्रतिशत विद्यार्थी उर्तिण भएका हुन् ।

    dhunibeshi result.jpg

    माथी उल्लेखित धुनिवेशी आवासिय मावि सँस्थागत विद्यालय हो भने अन्य सबै सामुदायिक विद्यालय हो । धुनिवेशी नगरपालिकाको परिक्षाफल समग्रमा राष्ट्रिय नतिजा भन्दा राम्रो छ । यद्यपी यसअघिको एसईईमा राम्रो नतिजा ल्याउन नसकेको भुवनेश्वरी कक्षा १२ को परिक्षाफलमा पनि चुकेको छ ।

    images
    images
    images
    images
    प्रकाशित मिति :श्रावण २०, २०८२ मंगलवार - २१:०१:२३ बजे

    आशिष ठकुरी

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology