शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

धादिङको थाक्रेमा कांग्रेसको तीज विशेष सांस्कृतिक कार्यक्रम

धादिङको थाक्रेमा कांग्रेसको तीज विशेष सांस्कृतिक कार्यक्रम

नागरिक पाटी

२, भाद्र २०८२
  • 5.6K
    SHARES
  • धादिङको थाक्रेमा कांग्रेसको तीज विशेष सांस्कृतिक कार्यक्रम

    धादिङको थाक्रे गाउँपालिका वडा नं ६ फेदी बजारको आठ किलोमा तीज विशेष सांस्कृतिक कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ । नेपाली कांग्रेस प्रतिनिधि सभा क्षेत्र नं १, धादिङको महिला विभागको आयोजनामा तथा नेपाली कांग्रेस थाक्रे गाउँपालिका कार्यसमितिको सह(आयोजनामा सम्पन्न उक्त कार्यक्रम नेपाली कांग्रेस प्रतिनिधि सभा क्षेत्र नं १ का क्षेत्रीय सदस्य तथा महिला विभागकी संयोजक तारा पुलामीको सभापतित्वमा सम्पन्न भएको हो।

    images
    images

    कार्यक्रममा प्रमुख अतिथि नेपाली कांग्रेसका प्रभावशाली युवा नेता, केन्द्रीय सदस्य तथा नेपाल सरकारका माननीय स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदिप पौडेल रहनुभएको कार्यक्रममा विशिष्ट अतिथिका रूपमा नेपाली कांग्रेसकी केन्द्रीय सदस्य उर्मिला थपलिया तथा विशेष अतिथि महासमिति सदस्य एवं बागमती प्रदेश सरकारका पूर्व मन्त्री मदु कुमार श्रेष्ठको उपस्थिति रहेको थियो।

    सो कार्यक्रममा नेपाली कांग्रेसका विभिन्न पदाधिकारीहरू, नगरपालिका तथा गाउँपालिकाका उपप्रमुखहरू, विभिन्न वडाका वडा अध्यक्षहरू लगायतको उल्लेखनीय उपस्थिति रहेको थियो। सांस्कृतिक कार्यक्रममा स्थानीय तथा आमन्त्रित कलाकारहरूद्वारा सांस्कृतिक प्रस्तुति रहेको थियो।

    images
    images
    images
    images
    प्रकाशित मिति :भाद्र २, २०८२ सोमवार - २०:३८:४० बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology